किसन राई ‘अलाइभ ग्लाइडर’बाट ठगिएका सहकारी पीडितको उपचार नपाउँदा मृत्यु | Khabarhub Khabarhub

किसन राई ‘अलाइभ ग्लाइडर’बाट ठगिएका सहकारी पीडितको उपचार नपाउँदा मृत्यु


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

युवा विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष किसन राई र वीर अस्पतालमा मृतकको शव ।

काठमाडौं– ठगीमा परेका एक पीडितको उपचार नपाएरै मृत्यु भएको खुलेको छ । वीर अस्पतालमा शनिबार विहान २ बजेतिर ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको महानगरीय प्रहरी वृत जनसेवाले जानकारी दिएको छ ।

स्थापित पाको न्यूरोडस्थित युवा विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन्‌ । सो सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी अलाइभ ग्लाइडर भनिने किसन राई हुन्‌ । संगम राई कोषाध्यक्ष हुन्‌ ।

राजेन्द्रकी श्रीमती जसबाटी बाबा बज्राचार्यले बैंकमा राखेको १ करोड ३३ लाख रुपैयाँ झिक्न लगाएर राई लगायतले सहकारीमा राख्न लगाएको पीडितका आफन्तले बताएका छन्‌ । निःसन्तान स्थापित दम्पत्तिलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै सो सहकारीका सञ्‍चालकले रकम खिचेको आफन्तजनको भनाइ छ ।

सहकारीका अध्यक्ष किसन राई सीटीभी मोबाइल प्रालिका अध्यक्ष र प्रबन्ध निर्देशक पनि हुन्‌ । सो सहकारीबाट ठगिएका पीडितहरू १५ महिनादेखि आन्दोलनरत छन्‌ ।

स्थापित लामो समयदेखि बिरामी परेका र उपचारका लागि पाँच लाख रुपैयाँ भए पनि जम्मा गरिदिन आग्रह गर्दासमेत सञ्‍चालक राईले नटेरेको बुझिएको छ ।

मृतकका एक आफन्तका अनुसार राई केही दिनअघि अस्पतालमै पुगेर पीडितलाई धम्क्याएका थिए । राजेन्द्रकी श्रीमतीले उपचार गर्न आवश्यक रकम भए पनि दिन याचना गर्दा राईले ‘तिमीहरू जस्ता कति मरे मरे, अब पनि धेरै मर्छन्‌, मलाई कसैले केही गर्न सक्दैन’ भनी धम्क्याएर फर्किएका थिए ।

युवा विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी विभागले २०७८ सालमै कालोसूचीमा राखेको थियो । विभिन्न बैंक तथा वित्तीय संस्था र राष्ट्रिय सहकारी बैंक लगायत अन्य निकायबाट लिएको ऋण नतिर्दा सो सहकारी कालोसूचीमा परेको थियो ।

भिडियो-

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ३ : १० बजे

भिजिट भिसाबारे चिन्ता नलिन रास्वपा सांसदलाई श्याम घिमिरेले सुझाव

काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाका

मधेसमा तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने छ : प्रधानमन्त्री 

जलेश्वर– प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको आवश्यकता पूरा

काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड बराबरको सामान आयात

भद्रपुर– पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८१-८२ मा ४७ अर्ब

विद्या भण्डारीको पत्रकार सम्मेलनमा एमाले नेता पनि

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रवक्ता बनेर नहिँड्न अध्यक्ष

छानबिन समितिको म्याद एक हप्ता थप

काठमाडौं– सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको