राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्था दुर्बल हुँदैछन् : शिक्षामन्त्री | Khabarhub Khabarhub

राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्था दुर्बल हुँदैछन् : शिक्षामन्त्री


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरू पढ्नका लागि देशबाहिर जाने परिस्थिति सिर्जना भएको बताएका छन् ।

शनिबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको ५ औं साधारण सभा उद्‌घाटन गर्दै मन्त्री भट्टराईले विद्यार्थीहरू पढ्नका लागि बाहिरिनुको कारण मुलुकको शैक्षिक प्रणाली वा विश्वविद्यालयमात्रै नभइ ज्ञान पछिको रोजगारीको अवसर प्राप्त हुन नसक्ने देखेर उनीहरु देशबाहिर जाने परिस्थिति सिर्जना भएको बताएका हुन् । 

उनले राजनीतिक अस्थीरताका कारण देशमा केही हुँदैन भन्ने भाष्यका कारण पनि विद्यार्थीहरू बाहिरिरहेको जिकिर गरे । मन्त्री भट्टराईले शिक्षालाई मजबुत बनाउन विश्वविद्यालय तयार छ भन्ने प्रमाणित गर्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने धारणा राखे ।

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्थाहरू दुर्बल हुँदै गएको उनको भनाइ छ । उनले विद्यालय शिक्षा ऐन बनाइरहँदा शैक्षिक पाठ्यक्रम लगायतका विषयमा धेरै काम गर्न बाँकी रहेको बताए ।

कार्यक्रमका बिभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ५ : ३३ बजे

घोराहीको नीति तथा कार्यक्रम : गौरव बढाउने आयोजनालाई प्राथमिकता

दाङ– दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८२–८३ का

सडक स्तरोन्नति गर्न युवाहरूको माग

पाल्पा– पाल्पाकाे निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका

विद्यार्थी कम भएपछि पाँच सामुदायिक विद्यालय समायोजन

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ ।

विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम 

काठमाडौं– उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय

बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज 

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा अदालतको अवहेलना सम्बन्धी