जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो : सञ्चारमन्त्री « Khabarhub

जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो : सञ्चारमन्त्री


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

गण्डकी–  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुईदलका बीचमा सहकार्य भएको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने ‘जनतामा  विकासको आशा जगाउन   वर्तमान सरकार गठन भएको हो । सरकारले मुलुकसामु देखा परेका समस्यालाई सम्बोधन गर्नेछ ।’

उनले संसदीय व्यवस्था भएका मुलुकमा दुई ठूला दल मिलेर बिरलै सरकार बनाउने गरेपनि नेपालका लागि भने त्यो नौलो होइन भने । 

‘मुलुकले भोग्नुपरेका समस्या समाधानका लागि यसअघि पनि  नेपाली कांग्रेस र एमालेबीचमा सहकार्य भएको थियो’, उनले भने, ‘मन्दीमा रहेको अर्थतन्त्रलाई गतिशील बनाउने, रोजगारी सिर्जना, सुशासन र समृद्धिको संकल्पसहित वर्तमान सरकार गठन भएको हो ।’

वर्तमान सरकारलाई असफल हुने छुट नभएको जनाउँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पुराना र मूलधारका राजनीति दलको औचित्यमा प्रश्न उठ्न दिँदै भने । उनले राजनीतिक स्थिरतासहित जनतामा विकास र सुशासनको अनुभूति  गराउन सरकार क्रियाशील रहेको बताए । ।

मन्त्री गुरुङले नेपाल टेलिकम, हुलाकलगायत राज्यको स्वामित्वमा रहेका संस्थाको गुणस्तर सुधारसहित प्रतिस्पर्धी बनाउनुपर्छ भने । पुराना सञ्चार नीति, कानुन परिमार्जन गरिने, ‘डिजिटल’ नेपालको अवधारणाअनुसार सूचनाप्रविधिको अधिकतम उपयोगलाई जोड दिइएको उनले बताए  ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ५ : ३८ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने