कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान « Khabarhub

कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– वर्ष सन् २०१८ मा प्राकृतिक ग्यास तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाले कीर्तिमान कायम गरेको छ ।

अमेरिकाको उर्जा सूचना प्रशासन ईआईएले जनाएअनुसार सन् २०१८ मा अमेरिकाको पेट्रोलियमको उत्पादन १६ प्रतिशत तथा प्राकृतिक ग्यासको उत्पादन १२ प्रतिशतले बढेको छ ।

सन् २०१८ मा अमेरिकाको कच्चा तेलको उत्पादन १७ प्रतिशतले बढेर हरेक वर्ष १ करोड १० लाख ब्यारेल प्रतिदिन पुगेको ईआईएले जनाएको छ । त्यस्तै, सुख्खा प्राकृतिक ग्यासको उत्पादन १२ प्रतिशतले बढेर ८० करोड ७० लाख घनमिटर प्रतिदिन पुगेर कीर्तिमान रादेको जनाइएको छ ।

त्यस्तै, विश्वव्यापी माग बढेका कारण रुसको कच्चा तेल तथा प्राकृतकि ग्यासको उत्पादनले पनि नयाँ कीर्तिमान कायम गरेको छ । यता साउदी अरबको कच्चा तेलको वार्षिक औसत उत्पादन पनि केही बृद्धि भएको छ । यद्यपि साउदी अरबको कच्चा तेलको उत्पादन सन् २०१६ को तुलनामा केही कम रहेको ईआईएले उल्लेख गरेको छ । सन् २०१६ मा साउदी अरबको कच्चा तेलको उत्पादन कीर्तिमानी स्तरमा पुगेको थियो ।

सन् २०११ मा रुसलाई उछिन्दै अमेरिका विश्वमा सबैभन्दा धेरै प्राकृतिक ग्यास उत्पादन गर्ने मुलुक बन्न पुगेको थियो भन् सन् २०१८ मा अमेरिकाले कच्चा तेलको उत्पादनमा पनि उछिनेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ७ : २३ बजे

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका