नेपालको ‘मुनाल’ स्याटेलाइट प्रक्षेपणका लागि एमओयूमा हस्ताक्षर | Khabarhub Khabarhub

नेपालको ‘मुनाल’ स्याटेलाइट प्रक्षेपणका लागि एमओयूमा हस्ताक्षर


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र नेपालबीच अन्तरिक्ष सहयोगका लागि महत्वपूर्ण समझदारी भएको छ । मुनाल स्याटेलाइटको प्रक्षेपणका लागि अनुदान सहयोग उपलब्ध गराउने समझदारी पत्रमा भारतीय विदेश मन्त्रालय र न्युस्पेस इन्डिया लिमिटेडले हस्ताक्षर गरेका हुन् । यसलाई दुई नेपाल र भारतको साझेदारीमा प्रमुख कोसेढुङ्गाको रूपमा हेरिएको छ ।

समझदारी अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को निर्देशनमा नेपालमा विकसित भएको मुनाल भूउपग्रह एनएसआइइएलको पोलार स्याटेलाइट लन्च भेइकल (पीएसएलभी)मा निःशुल्क प्रक्षेपण गरिने छ ।

मुनाल स्याटेलाइटको प्रक्षेपण सेवा सम्झौता एनएसआइएल र नास्टबीच जनवरी ४, २०२४ मा भारतका विदेशमन्त्री डा एस जयशंकरको नेपाल भ्रमणका क्रममा आदानप्रदान भएको थियो।

मुनाल स्याटेलाइट नेपाली विद्यार्थी र नेपाली स्टार्टअप अन्तरिक्ष प्रतिष्ठानबीचको सहकार्यको उत्पादन हो । यो विकासले नेपालको वैज्ञानिक र प्राविधिक क्षमतालाई मात्रै नभई भारत र नेपालबीचको समग्र सम्बन्धलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ८ : ४१ बजे

बैतडीको पुर्चौडी पूर्णखोप सुनिश्चिता पालिका घोषणा

बैतडी– बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय

वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित

काठमाडौं – विश्वकप फुटबलको युरोपेली छनोट अन्तरगत गएराति भएको खेलमा

राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

आजको मौसम : केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल