रातभर भारी वर्षा : उपत्यकासहित विभिन्न ठाउँमा बाढीको जोखिम | Khabarhub Khabarhub

रातभर भारी वर्षा : उपत्यकासहित विभिन्न ठाउँमा बाढीको जोखिम


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उपत्यकासहित विभिन्न ठाउँमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ। शनिबार रातिदेखि परेको भारी वर्षापछि बाढी पूर्वानुमान महाशाखाले यस्तो अनुरोध गरेको हो।

आइतबार बिहानसम्मै काठमाडौं उपत्यकाको बुढानीलकण्ठ र आसपास भारी वर्षा भएकाले विष्णुमती, धोबीखोला आसपास बाढी आएको महाशाखाले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाले यी नदीमा पानीको सतह सतर्कता तहभन्दा माथी पुग्नसक्ने भन्दै बिहान १० बजेसम्म नदी तटीय क्षेत्रमा बसोबास गर्ने र करिडोर सडकबाट यात्रा गर्नेलाई सचेत गराएको हो।

महाशाखाले मकवानपुरको रजैया, चिसापानीगढी, हात्तीसूडे, बाराको अमलेखगञ्ज वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएकाले सो क्षेत्र भएर बहने पूर्वी राप्ती नदी र साना खोलामा एक्कासी बाढी आउन सक्ने बताएको छ।

सिन्धुपालचोकको गोब्रे, बाँसखर्क, बाउनेपाटी, धाप, भोटाङ, मानेखर्क भइ बहने नदीमा बाढी आउने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम भएको भन्दै आसपासका नागरिकलाई सावधानी अपनाउनसमेत बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

शनिबार रातिदेखि परेको भारी वर्षा आइतबार बिहानसम्म रोकिएको छैन।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ५ : ५६ बजे

खबपु : ती विद्रोही, यी व्यङ्ग्यकर्मी !

काठमाडौं – खड्गबहादुर पुन ‘खबपु’ टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनबाट

कुमार रम्तेलको बयान- जीबीलाई सहयोग गर्दा मलाई नै धोका दिएर भागे

काठमाडौं– सहकारीको रकम अपचलन गरेको आरोपमा कारागार चलान भएको कुमार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा समस्या समाधान गर्न आयोग गठन

काठमाडौं– सरकारले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा समस्या समाधानका लागि

सहकारीको बचत हिनामिना : २४ हजार बढी पीडितले हाले अदालतमा मुद्दा

काठमाडौं– सहकारी संस्थाहरूमा भएको बचत अपचलनको विषयलाई लिएर २४ हजार

दुई वर्षमै १६ करोड घाटामा गएको थियो जीबी र रविको गोर्खा मिडिया

काठमाडौं-  गितेन्द्रबाबु राई (जीबी) र रवि लामिछाने सञ्चालक रहेको गोर्खा