महभीरको पहिरोले दुर्घटनाको जोखिम | Khabarhub Khabarhub

महभीरको पहिरोले दुर्घटनाको जोखिम


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभीर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ ।

कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भीरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभीरमा यसपालिको बर्खामा नयाँ पहिरो सृजना भएको बताए । ‘सात–आठ सय मिटरमाथिको भिरपाखो हुँदै सडकमा पहिरो खस्न थालेको छ’, उनले भने ‘पुग्नै नसकिने भिरको पहिरो रोकथाम गर्ने उपाय छैन ।’

पानी पर्नेबित्तिकै भीरबाट सडकमा ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खस्छ । शनिबार साँझ पनि त्यहाँ पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

महभीर खण्डमा हालै ढलान र कालोपत्र गरिएको करिब तीन सय मिटर खण्डमा क्षति भएको छ । मुस्ताङ, म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाका बासिन्दाका साथै यो बाटो भएर यात्रा गर्नेलाई समस्या भएको छ ।

दुई हप्ताअघि बेनीबाट पोखरेबगर जाँदै गरेको एउटा मोटरसाइकल महभीरको पहिरोमा पुरिएको थियो । यद्यपि त्यसका चालकले भागेर ज्यान जोगाएका थिए ।

यसैबीच, महाभीर, बैसरी, सिरुवारी, गुइठेभिरलगायत स्थानमा पहिरोको जोखिम भएकाले त्यताबाट यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, अन्नपूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १० : १७ बजे

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन् 

काठमाडौं– नेकपा एमालेले सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी

विद्याले भनिन्- मदन भण्डारीले सपथ खुवाएको हो, कसैलाई लाग्नेबित्तिकै मेरो सदस्यता फाल्न सक्दैन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता लिएको ४५ वर्ष

मलाई राजनीतिमा कसैले रोक्न सक्दैन : विद्या (विज्ञप्ति)

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई आउन कसैले रोक्न नसक्ने

मेरो पार्टी सदस्यतामा विवाद गर्नुपर्दैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो पार्टी सदस्यता नवीकरण

एमालेको निर्णयलाई विद्याको चुनौती- राजनीतिमा लाग्न संविधानले रोकेको छैन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा लाग्न संविधानले नरोक्ने बताएकी