भारतीय विदेश सचिव मिश्री काठमाडौंमा | Khabarhub Khabarhub

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा विदेशमन्त्री मिश्री नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले मिश्रीलाई स्वागत गरिन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्र सचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ ।

साथै भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भारतका विदेश सचिवको यो भ्रमण नियमित हो । उनी हालै विदेश सचिवमा नियुक्त भएका हुन् । विदेश सचिव मिश्री भोलि साउन २८ गते स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १० : ४१ बजे

कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ थाइल्याण्डको चेतावनी

काठमाडौं– थाइल्याण्डले कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ चेतावनी दिएको छ

‘जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक’

हेनान– उपसभामुख इन्दिरा रानाले जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई तत्काल

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई ५ दिनको म्याद थप

काठमाडौं- बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा

कांग्रेसको कटाक्ष : भिजिट भिसाकै कारण रास्वपा यहाँसम्म आयो, कोही मन्त्री र उपप्रधानमन्त्रीसम्म भए

काठमाडौं- प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

बरहथवा– मौसम पूर्वानुमान महाशाखाले यस वर्ष विगतकोभन्दा धेरै पानी पर्ने