चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश शर्माको इजलासमा « Khabarhub

चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश शर्माको इजलासमा


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालको बन्दी प्रत्यक्षीकरणको रिटको पेसी न्यायाधशी विनोद शर्माको इजलासमा तोकिएको छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भई प्रहरी हिरासतमा रहेका शर्माले आफू बिरामी रहेको दाबीसहित गत शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। रिटमा उनले विशेषको फैसला त्रुटिपूर्ण रहेको दाबी गरेका छन् ।

विशेष अदालतले पूर्व महानिर्देशक शर्मालाई कर फर्छ्यौट आयोगमा रहँदा राज्यको सम्पत्ति दुरुपयोग गरी कर छुट दिएको भन्दै ९ वर्ष कैद र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ सजाय र जरिवाना सुनाएको थियो ।

 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १२ : २३ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।