माओवादी क्षयीकरणबारे जनार्दनका १० बुँदा | Khabarhub Khabarhub

माओवादी बैठक

माओवादी क्षयीकरणबारे जनार्दनका १० बुँदा


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी क्षयीकरणका कारणबारे स्थायी कमिटी बैठकमा १० बूँदे कारण पेश गरेका छन्‌ ।

२०६३ सालमा हतियार बिसाएर शान्तिप्रक्रियामा आएपछि माओवादीले जनजीविकाकै आधारभूत सवाल सम्बोधन गर्न नसकेको शर्माले बैठकमा पेश गरेको प्रस्तावमा उल्लेख छ ।

साउन २५ देखि शुरू भएको स्थायी कमिटी बैठकमा शर्माले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठको प्रस्ताव पेश गरेका हुन्‌ ।

शान्तिप्रक्रियामा आएपछि पार्टीका दुई कार्यभार रहेको शर्माले लेखेका छन्‌ । पहिलो कार्यभार संविधान निर्माण र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र दोस्रो जनतन्त्र, राष्ट्रियता र जनजीविकाको मूल नारा कार्यान्वयन गर्नु रहेको शर्माको प्रस्तावमा उल्लेख छ ।

सो प्रस्तावको पृष्ठभूमिमै शर्माले जनयुद्ध, जनआन्दोलन र संविधानसभा हुँदै समावेशी, सहभागितामूलक लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको लेखेको छन्‌ । तर समाजवादउन्मुख सारतत्वको संविधानद्वारा प्रत्याभूत अधिकार र उपलब्धिहरू किन संस्थागत हुन सकेनन्‌ ? अधिकारसम्पन्न जनता आज उत्साहित र प्रफुल्लित हुनुको साटो अझ बढी हतोत्साहित र निराश किन छन्‌ भन्ने विषय प्रमुख राजनीतिक प्रश्न बनेको उल्लेख गरेका छन्‌ ।

संविधानमार्फत सहमागितामूलक समावेशी राज्य संरचना स्थापना र मौलिक अधिकारको व्यवस्थाले जनतन्त्रको सवाल सम्बोधन गरेको मान्न सकिने धारणा राखेका शर्माले अर्कातर्फ राष्ट्रियता र जनजीविकाको मुद्दा सम्वर्द्धन गर्न नसक्दा जनतन्त्रमाथि नै धावा बोल्ने परिस्थिति पैदा हुँदै गरेको दाबी गरेका छन्‌ ।

राष्ट्रियताका मामिलामा पनि उनले पार्टी नेतृत्व अर्थात्‌ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मााथि आर्थिक मामिलालाई लिएर तीखो सवाल उज्याएकाा छन्‌ । प्रस्तावमा उनले लेखेका छन्‌-

राष्ट्रियता कुनै पनि राष्ट्रका लागि सबैभन्दा संवेदनशील विषय हो । यसको सुदृढीकरणका लागि आर्थिक आत्मनिर्भरताको नीति चाहिन्छ । आर्थिक आन्मनिर्भरताको लागि उत्पादनमुखी अर्थतन्त्र जरुरी हुन्छ । यसो लागि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनको प्रभावकारी नीति चाहिन्छ ।…त्यसका लागि राष्ट्रपति इमान्दार, सबल र सुदृढ नेतृत्व र कूटनीति चाहिन्छ ।…तर आज सिद्धान्तहीन सहकार्य तथा हचुवा परराष्ट्र नीतिका कारण नेपालको राष्ट्रियता सुदृढ हुन सकेको छैन ।

उपमहासचिव शर्माले माओवादीले सशस्त्र संघर्षताका निकै मुखाग्र बनाएको जनजीविकाका सवाललाई लिएर पनि सवाल उठाएका छन्‌ । उनले यो जनताको आर्थिक जीवनसँग जोडिएको महत्वपूर्ण प्रश्न र गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको प्रश्न हो भनेका छन्‌ ।

तर, पार्टी र नेतृत्वप्रति विश्वास गरेर जनयुद्ध तथा जनआन्दोलनमा लागेको वर्ग र समुदायका दैनिक जीवनका समस्याहरू समाधान गर्न नसकेका कारण त्यो वर्ग र समुदाय माओवादी पार्टीबाट टाढिँदै गएको शर्माले स्वीकारेका छन्‌ ।

उनले अगाडि लेखेका छन्‌, ‘संविधानद्वारा प्रत्याभूत अधिकार र उपलब्धिहरू किन संस्थागत हुन सकेनन्‌ रु अधिकार सम्पन्न जनता आज उत्साहित र प्रफुल्लित हुनुको साटो अझ बढी हतोत्साहित र निराश किन छन्‌ भन्ने विषय आजको प्रमुख राजनीतिक प्रश्न बन्न पुगेको छ ।’

विभिन्न १० विषय सम्बोधन गर्न नसक्दा अहिले यस्तो अवस्था निम्तिएको शर्माले प्रस्तावमा लेखेका छन्‌ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १ : २७ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले