बंगलादेशका नवनियुक्त प्रधानन्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ « Khabarhub

बंगलादेशका नवनियुक्त प्रधानन्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशको २५ औं प्रधानन्यायाधीश सैयद रेफात अहमदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आइतबार बंगभवनस्थित दरबार हलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । शनिबार सैयद रेफात अहमदलाई राष्ट्रपतिले नियुक्त गरेका थिए।  यस सम्बन्धमा कानून मन्त्रालयले एक सूचना जारी गरेको छ ।

राष्ट्रपतिले जनवादी गणतन्त्र बंगलादेशको संविधानको धारा ९५ (१ं) बमोजिम आफूलाई दिइएको शक्तिको प्रयोग गर्दै सर्वोच्च अदालतको उच्च अदालत डिभिजनका न्यायाधीश सैयद रेफात अहमदलाई बंगलादेशको प्रधानन्यायाधीशमा नियुक्त गरिएको जनाइएको छ ।

सैयद रेफात अहमदको जन्म २८ डिसेम्बर १९५८ मा भएको थियो। उनका बुबा ब्यारिस्टर सैयद इश्तियाक अहमदले बंगलादेशका पूर्व महान्यायाधिवक्ताको रूपमा काम गरेका थिए। उनकी आमा, डा. सुफिया अहमद, बंगलादेशकी राष्ट्रिय प्राध्यापक र ढाका विश्वविद्यालयमा इस्लामिक इतिहास र संस्कृतिका प्रमुख प्राध्यापक थिइन्।

भेदभाव विरोधी विद्यार्थी आन्दोलनले यसअघि सैयद रेफात अहमदलाई प्रधानन्यायाधीश नियुक्त गर्न माग गरेको थियो।

त्यसलगत्तै ओबैदुल हसनले बंगलादेशको न्यायिक निकायको प्रमुख पदबाट राजीनामा दिएका थिए । पछि पुनरावेदन महाशाखाका न्यायाधीश मोहम्मद अशफाकुल इस्लाम कायममुकायम प्रधानन्यायाधीशमा नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ५ : ४६ बजे

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

सुकुम्वासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं – सुकुम्वासी बस्ती भत्काइएको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक

मेस्सीको उपाधि रक्षा यात्रा : गोल्डेन बुटका दुई दाबेदारलाई रोक्नुपर्ने कठिन चुनौती

काठमाडौं – लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि फुटबलको सर्वोच्च उपाधि विश्वकपदेखि

पदाधिकारी छान्न रविलाई सकस, वरिष्ठ नेतामा बालेनको मनोनयन पनि रोकियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न भएको १९ दिन बित्दा

भूमिहीन र सुकुम्वासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाका विपक्षी दलहरूले वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्वासी तथा