कैलालीमा चट्याङ पर्दा दश जना घाइते « Khabarhub

कैलालीमा चट्याङ पर्दा दश जना घाइते


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा आज चट्याङ पर्दा दश जना घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँका फिरियादेवी चौधरी, रितादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा, पार्वती चौधरी, फुलकुमारी चौधरी, निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसरका ममता थारु रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

उनका अनुसार स्थानीय भीमबहादुर चौधरीको घरमा मृत्यु भएका एक व्यक्तिको १३ दिने पुण्य तिथिमा स्थानीय जमघट भई खाना पकाइरहेको अवस्थामा चट्याङ परेको थियो ।

घाइतेको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ६ : ४५ बजे

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र