कैलालीमा चट्याङ पर्दा दश जना घाइते « Khabarhub

कैलालीमा चट्याङ पर्दा दश जना घाइते


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा आज चट्याङ पर्दा दश जना घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँका फिरियादेवी चौधरी, रितादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा, पार्वती चौधरी, फुलकुमारी चौधरी, निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसरका ममता थारु रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

उनका अनुसार स्थानीय भीमबहादुर चौधरीको घरमा मृत्यु भएका एक व्यक्तिको १३ दिने पुण्य तिथिमा स्थानीय जमघट भई खाना पकाइरहेको अवस्थामा चट्याङ परेको थियो ।

घाइतेको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ६ : ४५ बजे

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी