भारतीय र जर्मन नौसेनाद्वारा संयुक्त अभ्यास « Khabarhub

भारतीय र जर्मन नौसेनाद्वारा संयुक्त अभ्यास


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय नौसेनाको युद्धपोत आईएनएस तबारले जर्मनीको हामर्बगमा जर्मन नौसेनासँग संयुक्त सैन्य अभ्यास गरेको छ ।

रुसको सेन्ट पिटर्सबर्गबाट फर्कने क्रममा भारतीय युद्धपोतले जर्मन नौसेनासँग हामबर्गमा रहेको किल नहर क्षेत्रमा समुद्री साझेदारी अभ्यास गरेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यसअघि गत जुलाई महिनामा पनि हामबर्गको भ्रमण गरेको थियो । यस नौसैनिक अभ्यासले दुई मुलुकबीच समुद्री साझेदारी वृद्धि गर्ने भारतीय रक्षा मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।

सैन्य अभ्यासमा भारतीय युद्धपोत आईएनएस तबारसँगै जर्मन नौसेनाको तेस्रो स्क्वाड्रन नेभल एअर विङ ५ को सी लिङ्क्स पनि सहभागी रहेको जनाइएको छ । अभ्यासमा दुबै नौसेनाले उच्च व्यवसायिक एवम् सहकार्यात्मक क्षमता प्रदर्शन गरेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १० : २० बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका