भारतीय र जर्मन नौसेनाद्वारा संयुक्त अभ्यास | Khabarhub Khabarhub

भारतीय र जर्मन नौसेनाद्वारा संयुक्त अभ्यास


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय नौसेनाको युद्धपोत आईएनएस तबारले जर्मनीको हामर्बगमा जर्मन नौसेनासँग संयुक्त सैन्य अभ्यास गरेको छ ।

रुसको सेन्ट पिटर्सबर्गबाट फर्कने क्रममा भारतीय युद्धपोतले जर्मन नौसेनासँग हामबर्गमा रहेको किल नहर क्षेत्रमा समुद्री साझेदारी अभ्यास गरेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यसअघि गत जुलाई महिनामा पनि हामबर्गको भ्रमण गरेको थियो । यस नौसैनिक अभ्यासले दुई मुलुकबीच समुद्री साझेदारी वृद्धि गर्ने भारतीय रक्षा मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।

सैन्य अभ्यासमा भारतीय युद्धपोत आईएनएस तबारसँगै जर्मन नौसेनाको तेस्रो स्क्वाड्रन नेभल एअर विङ ५ को सी लिङ्क्स पनि सहभागी रहेको जनाइएको छ । अभ्यासमा दुबै नौसेनाले उच्च व्यवसायिक एवम् सहकार्यात्मक क्षमता प्रदर्शन गरेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १० : २० बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन