‘प्याकुली’मा वैदेशिक रोजगारीमा रहेको युवाको कथा « Khabarhub

‘प्याकुली’मा वैदेशिक रोजगारीमा रहेको युवाको कथा


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीमा रहेका युवाको कथामा म्युजिकल फिल्म ‘प्याकुली‘ सार्वजनिक भएको छ । सुन्धारास्थित एक हलमा एक कार्यक्रमको आयोजना गरी शनिबार सो म्युजिकल फिल्म औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

रामहरि खड्का ‘आरआर’को शब्दमा रहेको सो गीतमा बाबुल गिरीको संगीत र स्वर रहेको छ । आफूले नजिकबाट देखेको कथालाई समेटर यो सामाग्री तयार पारेको आरआरको दाबी छ । भिडियो उनी नै मुख्य भूमिकामा देखिएका छन् ।

आरआर भन्छन्, ‘यो घरघरको कथा हो । अधिकांश मान्छे विदेशमा छ । श्रीमान विदेशमा, श्रीमती गाउँमा, सफा नियतले पनि बोल्नै गाह्रो छ । मैलै गाउँमै भोगेको कथा हो । समाजप्रति दायित्व लागेर यो निर्माण गरेका हौं ।’

भिडियोको शीर्ष भूमिकामा रहेकी तलिशा गुरूङले नेपाली समाजको कथालाई प्रस्तुत गर्ने पात्र निर्वाह गर्ने अवसर पाएकामा खुशी व्यक्त गरिन् । त्यस्तै, गायक बाबुल गिरीले समाजको चित्रण गरिएको गीतमा जोडिदा विशेष अनुभव प्राप्त गरेको बताए ।

नीतिन चन्दले निर्देशन यस म्युजिकल फिल्ममा आरआरसहित तलिशा गुरूङ, महेश खड्का, घनश्याम जोशी, बाल कलाकार रोनिश खड्काको अभिनय रहेको छ ।

गीत सार्वजनिक समारोहमा कलाकार एवं निर्देशक दिपाश्री निरौला, कलाकार शिवहरि पौडेल लगायत कला क्षेत्रका निर्माता निर्देशकको बाक्लो उपस्थिति थियो ।

भिडियाे

 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १० : ३८ बजे

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

चार करोड ३८ लाख भुरा उत्पादन

जनकपुरधाम– यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले