दश टन चिनीसहित मिनी ट्रक प्रहरी नियन्त्रणमा « Khabarhub

दश टन चिनीसहित मिनी ट्रक प्रहरी नियन्त्रणमा


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीमा प्रहरीले रु सात लाख बराबरको १० टन चिनीसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

आज इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका–५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक पक्राउ गरेको हो ।

बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६०० नम्बरको ट्रक जाँच गर्दा बिलविजकमा कैफियत देखिएपछि नियन्त्रण लिइएको प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

ट्रकमा ५० किलोग्रामका दुई सय बोरा चिनी रहेका प्रहरीले जनाएको छ । ट्रक चालक ताप्लेजुङ जिल्लाको आठराइ त्रिवेणी गाउँपालिका–२, निवासी ३७ वर्षका झलक लिम्बूलाई नियन्त्रण लिई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १० : ४७ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्