कप्तान रोहितको टिम टोरोन्टोले उचाल्यो ग्लोबल टी-२० लिगको उपाधि | Khabarhub Khabarhub

कप्तान रोहितको टिम टोरोन्टोले उचाल्यो ग्लोबल टी-२० लिगको उपाधि


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि उचालेको छ।

गएराति सम्पन्न फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्समाथि ८ विकेटको शानदार जित निकालेको हो।

टस हारेर सुरुमा ब्याटिङ गरेको टाइगर्सले पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा ९६ रन बनाएको थियो। उसका लागि कोर्बिन बोशले सर्वाधिक ३५ रन बनाए। जसकरण सिंहले १६, अनुप रविले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

टाइगर्सलाई सस्तैमा समेट्न टोरोन्टोका लागि जेसन बेहरेन्डोर्फले सर्वाधिक ३ विकेट लिए। चार ओभर बलिङ गर्दा मात्र ८ रन दिएर उनले तीन विकेट झारेका हुन्।

रोमारियो शेफर्डले दुई विकेट लिएको खेलमा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्द्रपाल मथारुले समान एकएक विकेट हात पारे।

जवाफी ब्याटिङ गरेको टोरोन्टोले दुई विकेटको क्षतिमा १५ ओभरमै ९७ रनको लक्ष्य भेट्टायो। उसका लागि एन्ड्रिज गौसले नटआउट अर्धशतक बनाए। ४९ बल खेलेका उनले ८ चौकाको मद्दतमा ५८ रन बनाए भने रसिभ भान डरले नटआउट ३० रन जोडे। कप्तान कोलिन मुनरो शून्यमा आउट हुँदा उन्मुक्त चन्दले चार रन जोडेका थिए।

टाइगर्सका लागि अजमातुल्लाह उमरजाई र कोर्बिन बोशले एकएक विकेट हात पारेका थिए। फाइनलमा नेपालका कप्तान पौडेललाई भने आराम दिइएको थियो। ब्याटिङ अलराउण्डर रोहितले राम्रो ब्याटिङ गर्न नसके पनि उनको फिल्डिङको चर्चा लिगमा भइरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : २६ बजे

नयाँ भाँडा खरिदसहित पूजा गरेर धनतेरस पर्व मनाइँदै

काठमाडौं– कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको

अर्थमन्त्रीद्वारा सिङ्गापुरका राष्ट्रपतिसँग भेट

काठमाडौं– विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग

नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँ : मन्त्री घिसिङ

काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास

पाकिस्तानी हवाई आक्रमणमा ३ अफगान क्रिकेटरको मृत्यु, सीमाक्षेत्रमा फेरि तनाव

नयाँ दिल्ली– अफगानिस्तानको पक्टिका प्रान्तमा भएको पाकिस्तानी हवाई आक्रमणमा तीन

‘एक घर, एक श्रीमद्भगवद्गीता’ अभियान

स्याङ्जा– विश्व हिन्दू युवा संघ स्याङ्जाले ‘एक घर, एक गीता’