रूसले स्वीकार्‍यो– युक्रेनी सेना सीमाक्षेत्रभन्दा ३० किलोमिटरभित्र पस्यो | Khabarhub Khabarhub

रूसले स्वीकार्‍यो– युक्रेनी सेना सीमाक्षेत्रभन्दा ३० किलोमिटरभित्र पस्यो


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं युक्रेनको सेना रुसभित्र प्रवेश गरेको छ । सन् २०२२ फेब्रुअरीबाट युद्धरत युक्रेनी सेना हालैका दिनहरूमा रुसभित्र प्रवेश गरेको हो । 

रुसले युक्रेनको सेना आफ्नो देशको ३० किलोमिटर भित्रसम्म आइसकेको बताएको छ । जसलाई युक्रेनका तर्फबाट रूसमा गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो घुसपैठ मानिएको छ । 

रूसको रक्षा मन्त्रालयले क्रुस्क क्षेत्रमा युक्रेनी सेनासँग सङ्घर्ष शुरू भएको ६ दिन पुगिसकेको जनाएको छ । मन्त्रालयलाई उद्धृत गर्दै टालपिनोओब्शची कोलोडेज गाउँमा रूस र युक्रेनका सैनिकबीच भिडन्त भएको बीबीसीले जनाएको छ । 

विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले किभ (युक्रेनको राजधानी) ‘रूसमा शान्तिसँग बसिरहेका आमनागरिकलाई डराइरहेको’ आरोप लगाएकी छन् । 

युक्रेन के राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले गएराति देशवासीका नाममा सम्बोधन गर्दै पहिलो पटक रुसमाथि आक्रमण गरिएको स्वीकार गरेका छन् । उनले गर्मी याममा रूसले कुस्र्क क्षेत्रमा सीमापारी २ हजार पटक आक्रमण गरेको पनि बताए । 

जेलेन्स्कीले भने, ‘तोपखाना, मोर्टार र ड्रोन । हामीलाई मिसाइल आक्रमणका बारेमा पनि जानकारी छ । यस्तो अवस्थामा हरेक आक्रमणको उचित जवाफ दिनुपर्छ ।’

-बीबीसी

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ३ : ०० बजे

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

चितवन– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको

राजावादी आन्दोलनमा ध्वस्त जडिबुटी कम्पनी तङ्ग्रिँदै (तस्बिरहरू)

काठमाडौं– गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको

‘बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या हट्यो’

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा हुँदै आएको डुबान र

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको दोस्रो दिन

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल