बंगलादेशको राजधानीका सडकमा फर्किए प्रहरी « Khabarhub

बंगलादेशको राजधानीका सडकमा फर्किए प्रहरी


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बङ्गलादेशको राजधानी ढाकाका सडकहरूमा प्रहरी फर्किएका छन् । 

सोमबार बिहानैबाट ढाका, बड्डा, बसुन्धरा, मोहाखली, तेजगांव, बाङ्ला मोटर, कारवां बजार, विजय सरानी, जहांगीर गेट, शाहबागगुलिस्तान क्षेत्रमा ट्राफिक प्रहरी ड्युटी तैनाथ देखिएका छन् ।  

गत सातदिनसम्म विद्यार्थी र स्वयंसेवक सडकमा ट्राफिक सम्हाल्दै आएका थिए । बङ्गलादेशमा अगस्ट ५ मा सरकारको पतनपछि देशभर कयौँ प्रहरी कार्यालय, चौकी, र ट्राफिक प्रहरीका बुथहरूमा आक्रमण भएको थियो । 

आक्रमणबाट कयौँ सुरक्षाकर्मी घाइते भएका थिए । आन्दोलनकारीको डरले सुरक्षाकर्मीहरू चौकी छाडेर भागेका थिए । केही सुरक्षाकर्मीले शान्ति व्यवस्था बहाल नहुँदासम्म काममा नफर्किने घोषणा गरेका थिए । 

पछि उनीहरु विभिन्न ११ सूत्रीय मागहरू अघि सारेर हडतालमा उत्रिएका थिए । तर, माग पूरा गरिने आश्वासन पाएपछि उनीहरूले आइतबार हडताल स्थगित गरेका थिए । गृह मामिलका सल्लाहकार एम सखावत हुसेनले आइतबारमात्रै सबै सुरक्षाकर्मीहरूलाई काममा फर्किन बिहीबारसम्मको समय दिएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : ०० बजे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगञ्ज– बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने