बंगलादेशको राजधानीका सडकमा फर्किए प्रहरी « Khabarhub

बंगलादेशको राजधानीका सडकमा फर्किए प्रहरी


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बङ्गलादेशको राजधानी ढाकाका सडकहरूमा प्रहरी फर्किएका छन् । 

सोमबार बिहानैबाट ढाका, बड्डा, बसुन्धरा, मोहाखली, तेजगांव, बाङ्ला मोटर, कारवां बजार, विजय सरानी, जहांगीर गेट, शाहबाग र गुलिस्तान क्षेत्रमा ट्राफिक प्रहरी ड्युटी तैनाथ देखिएका छन् ।  

गत सातदिनसम्म विद्यार्थी र स्वयंसेवक सडकमा ट्राफिक सम्हाल्दै आएका थिए । बङ्गलादेशमा अगस्ट ५ मा सरकारको पतनपछि देशभर कयौँ प्रहरी कार्यालय, चौकी, र ट्राफिक प्रहरीका बुथहरूमा आक्रमण भएको थियो । 

आक्रमणबाट कयौँ सुरक्षाकर्मी घाइते भएका थिए । आन्दोलनकारीको डरले सुरक्षाकर्मीहरू चौकी छाडेर भागेका थिए । केही सुरक्षाकर्मीले शान्ति व्यवस्था बहाल नहुँदासम्म काममा नफर्किने घोषणा गरेका थिए । 

पछि उनीहरु विभिन्न ११ सूत्रीय मागहरू अघि सारेर हडतालमा उत्रिएका थिए । तर, माग पूरा गरिने आश्वासन पाएपछि उनीहरूले आइतबार हडताल स्थगित गरेका थिए । गृह मामिलका सल्लाहकार एम सखावत हुसेनले आइतबारमात्रै सबै सुरक्षाकर्मीहरूलाई काममा फर्किन बिहीबारसम्मको समय दिएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : ०० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक