पुडासैनी प्रकरणमा भरतपुर महानगरकी मेयर रेनुले भनिन्- अस्वभाविक घटना हो सत्यतथ्य खोजौं | Khabarhub Khabarhub

पुडासैनी प्रकरणमा भरतपुर महानगरकी मेयर रेनुले भनिन्- अस्वभाविक घटना हो सत्यतथ्य खोजौं


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले शालिकराम प्रकरणबारे सत्य तथ्य छानविन गर्न अपिल गरेको छ । महानगरकी मेयर रेनु दाहालले विहीबार एक विज्ञप्ति जारी गर्दै पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण अस्वभाविक भएको भन्दै सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई अपील गरेकी हुन् ।

महानगर प्रमुख दाहालले अनुसन्धान प्रभावित नगर्न आग्रह गरेकी छन् । उनले घटनासँग सम्बन्ध नै नभएका शीर्ष राजनीतिक नेतृत्व, महानगरपालिका र राज्यका अन्य संयन्त्र विरुद्ध गरिएको प्रचार तथा गालीगलौज दुखद् भएको विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।

विज्ञप्तिमा भनिएको छ– ‘कुनै पनि व्यक्तिको अस्वभाविक मृत्यु हुनु दुखःद विषय हो । अस्भाविक मृत्युको कारणका लागि निष्पक्ष छानविन गर्नु राज्य र सरकारको दायित्व हो । ‘दोषी नछुटुन र निर्दोष नपरुन’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।’

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ५ : ५३ बजे

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते

बाजुरा – मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज