रहेनन्‌ पाइलट बाबा « Khabarhub

रहेनन्‌ पाइलट बाबा

विङ कमाण्डर कपिल सिंह यसरी बनेका थिए सोमनाथ गिरि


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अद्वैतमार्गी योगी सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन भएको छ । मधुमेहबाट प्रताडित उनको उपचारक्रममा भारतको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो ।

भारतस्थित विहारको सासाराममा सन्‌ १९३८ मा जन्मिएका कपिल सिंह समयान्तरमा अद्वैतमार्गी भई कपिल अद्वैत बनेका थिए । नेपालको हिमालय क्षेत्रमा साधना गरेका उनले भक्तपुरको गुण्डुमा पाइलट बाबा आश्रम समेत स्थापना गरेका छन्‌ ।

पाइलट बाबा सन्यासीहरूमाझ सोमनाथ गिरिका नामबाट चिनिन्छन्‌ । भारतमा सन्यासीहरूको सबैभन्दा ठूलो जुना अखडाका महामण्डलेश्वर पाइलट बाबाले मकवानपुरको त्रिखण्डीमा नेपाली गुरु हरि गिरि महाराजसँग दीक्षा लिएका थिए ।

उनले भारतका हरिद्वार र गङ्गोत्रीलगायत अनेक स्थानमा जुना अखडा नामबाट आश्रम चलाएका थिए । पाइलट बाबाको निधन शोकमा जुना अखडाका सबै आश्रममा तीन दिनसम्म शोक मनाउने निर्णय भएको छ । उनको अन्तेष्टि भोलि (बुधबार) भारतको हरिद्वारमा हुने जानकारी प्राप्त भएको छ ।

बनारस हिन्दु विश्वविद्यालय (बीएचयू)बाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका पाइलट बाबा सन्‌ १९५७ मा भारतीय वायु सेनामा प्रवेश गरेका थिए । वायुसेना पाइलटका रूपमा उनले १५ वर्षसम्म सेवा गरेका थिए ।

उनले सन्‌ १९६२, १९६५ र १९७१ मा चीन र पाकिस्तानविरुद्धको युद्धमा समेत भाग लिएका थिए । कम उचाइमा उडान भर्दै कीर्तिमान कायम गरेका पाइलट बाबालाई भारत सरकारले वीर चक्र लगायत विभूषणबाट सम्मान गरेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  १० : २९ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज