मनसुन अवधिभर एक करोड वृक्षरोपण गर्न वनमन्त्री शाहीको निर्देशन « Khabarhub

मनसुन अवधिभर एक करोड वृक्षरोपण गर्न वनमन्त्री शाहीको निर्देशन


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिभर देशभरि करिब एक करोड वृक्षरोपण गर्न निर्देशन दिएका छन् ।

मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षरोपण अभियान सञ्चालन गर्न  प्रदेशस्तरमा रहेका सबै वन कार्यालय भू तथा जलाधार संरक्षण कार्यालय, राष्ट्रिय  निकुञ्ज तथा आरक्ष कार्यालय र देशभरका सात सय ५३ स्थानीय तहमा करिब एक करोड वृक्षरोपण सञ्चालन गर्न निर्देशन जारी गरिएको मन्त्री शाहीले बताए।

वृक्षरोपण कार्यलाई प्रभावकारी बनाउन सबै निकायलाई आआफ्नो क्षेत्रबाट भूमिका  निर्वाह गर्न मन्त्रालय मातहतका निकायलाई अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए। 

मन्त्री शाहीले पछिल्लो दुई सय वर्षमा मिथेन, नाइट्रोअक्साइड, कार्बन डाईअक्साइड जस्ता हरितगृह ग्यास उत्सर्जनका कारण वायुमण्डलमा परेका नकारात्मक प्रभाव न्यूनीकरणका लागि सबैले भूमिका खेल्न जरूरी रहेको बताए । 

जलवायु परिवर्तनको सन्दर्भमा सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्र्सजन हुने ६० प्रतिशत कार्बन डाईअक्साइड वन जंगलले सोक्ने गरेकाले सबैले यसको संरक्षणमा लाग्नुपर्ने आवश्यकतासमेत औँल्याइएको छ । 

‘प्रत्येक घर, कार्यालय अगाडि कम्तीमा एउटा मात्र रुख रोप्न सके पनि वातावरणीय लाभका साथै हामीलाई धेरै फाइदा हुन्छ । सडकको दायाँबायाँ किनारमा पनि वृक्षरोपण गर्दा हरियालीले गाउँ सहरको शोभा पनि बढाउँछ’, मन्त्री ठकुरीले आज जारी गरेको निर्देशनमा उल्लेख ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : २८ बजे

कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर

दोहा- कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ। बेलायती

मुख्यमन्त्री बनेपछि विजयको सम्बोधन : धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित नयाँ युग सुरू भयो

चेन्नई- तमिलगा भेत्री कझगम (टीभीके) पार्टीका प्रमुख सी. जोसेफ विजयले

अभिनय छाडेर राजनीतिमा होमिएको दुई वर्षमै विजय बने तमिलनाडुका मुख्यमन्त्री

चेन्नई- तमिलगा भेत्री कडगम (टीभीके) का प्रमुख तथा अभिनेताबाट राजनीतिज्ञ

रास्वपाले आज ‘नीति मन्थन’ कार्यक्रम गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम न्यूनीकरण

अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदै

काठमाडौँ– विश्वका विभिन्न देशमा आज जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमका