छोरीको पीडा प्रतिनिधित्व गर्ने पात्र ‘सतिदेवी’ « Khabarhub

छोरीको पीडा प्रतिनिधित्व गर्ने पात्र ‘सतिदेवी’


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलिका महत शीर्ष भूमिकामा रहेको फिल्म ‘सतिदेवी’ प्रदर्शनको संघारमा छ । फिल्ममा उनले ‘सतिदेवी अधिकारी’को पात्र निर्वाह गरेकी छन् ।

सतिदेवीको ट्रेलरको खोटो सिक्कावाला संवाद चर्चामा छ । जहाँ एक बालिकाले सिक्कालाई ‘खोटो रहेछ चल्दैन’ भन्छिन् । सतिदेवीले जवाफमा भन्छिन्, ‘म जस्तै रहेछ ।’

यो सम्वाद अहिले सामाजिक सञ्जालमा चर्चामा छ । फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुबेदी भन्छन्, ‘यो मैले मनैदेखि लेखेको सम्वाद हो । अहिलेसम्म यो संवादमा २५ हजारभन्दा बढीले टिकटक बनाउनुभएको छ ।’

भदौ ७ बाट प्रदर्शनमा आउने यो फिल्म ‘छोरा पाउनै पर्छ भन्ने सोच’हाबी भएका बाउले छोरी र श्रीमतीलाई दिएको पीडाको कथामा आधारित रहेर बनेको छ ।

फिल्मका प्रचार सामाग्री टिजर र ट्रेलरमा पनि हामीले कुलतमा फसेको र गैरजिम्मेवार बुवाले छोरा नजन्मिएका कारण श्रीमती र दुई छोरीलाई यातना दिएको देख्न सक्छौं ।

निर्देशक सुबेदीका अनुसार यो फिल्ममा गाउँदेखि सहरसम्मको कथा समेटिएको छ । फिल्मको बलियो पक्ष संवाद रहेको बताउँदै उनी दाबी गर्छन्, ‘यस फिल्मको संवाद लेखनमा बढी ध्यान दिएको छु । कथाको मागअनुसार सम्वादमा गाउँले बोलीचालीदेखि सहरको शैलीलाई ध्यानमा राखेको छु ।’

यस फिल्ममा समाजले छोरीलाई हेर्ने ‘तीतो सत्य’लाई पर्दामा स्पष्ट ढंगले आफूले उतारेको सुबेदीको दाबी छ । भन्छन्, ‘समाजले अझै छोरीहरुलाई चिन्न सकेको छैन । उनीहरुलाई आफ्नो स्वाभिमान जगाउने र भरोसाका खम्बा बनाउने तालिम दिन हामी चुकेका छौं । यो फिल्मले भन्न खोजेको मुख्य कुरा हो– छोरी बुझौं, छोरी पुजौं ।’

यस फिल्ममा छोरीका पीडामात्रै नभएर उनीहरुलाई पीडामा पु¥याउने दोषी चरित्रलाई उदाङ्गो पारेर देखाउने प्रयास गरेको सुबेदी बताउँछन् । उनी भन्छन्, ‘समग्रमा भन्दा फिल्मको मुख्य पात्र सतिदेवी अधिकारले छोरीहरुका पीडाको प्रतिनिधित्व गर्छिन् । कस्तो समाज, पात्र र मानसिकताले छोरीले पीडा भोग्नुपर्छ, त्यो यस फिल्मबाट प्रष्ट हुन्छ ।’

सुबेदीको निर्देशन रहने यो तेस्रो फिल्म हो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ८ : १९ बजे

पञ्चैबाजा समूहबाट लोकबाजा स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण