जसपा नेपालको केन्द्रीय समिति बैठक : तेस्रो दिन अध्यक्षको प्रतिवेदनमा छलफल हुँदै | Khabarhub Khabarhub

जसपा नेपालको केन्द्रीय समिति बैठक : तेस्रो दिन अध्यक्षको प्रतिवेदनमा छलफल हुँदै


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

ललितपुर (सानागाउँ) – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक  मंगलबार तेस्रो दिन पनि जारी छ । ललितपुरको महालक्ष्मी नगरपालिका ६, सानागाउँको थसी ब्यांक्वेटमा बिहान ११ बजेदेखि बैठक बसिरहेको छ ।

बैठकको प्रथम सत्रमा राष्ट्रिय सभाका सांसद डा. खिमलाल देवकोटाले संघीय प्रणालीको अभ्यास, आवश्यक्ता, महत्व र यसको कार्यान्वयनको चरण लगायत बिषयमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिए ।

त्यसपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका राजनीति प्रतिवेदनमाथि छलफल हुँदैछ । देशैभरबाट सहभागी दुई सय १५ जना केन्द्रीय सदस्यको राय सुझावसहित प्रतिवेदन पारित गर्ने कार्यसूची छ ।

अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति बैठकमा ६१ बुँदे राजनीतिक प्रस्ताव पेश गरिसकेका छन् । राजनीतिक प्रस्तावमा प्रस्तावमा संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारणलगायत विषय उल्लेख छन् ।

जसपा नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्न चारमहिने संगठन निर्माण अभियान चलाउने प्रस्तावसमेत प्रस्तावमा उल्लेख छ ।

जनकपुरधाममा सम्पन्न एकताको प्रथम महाधिवेशनपछि नवगठित केन्द्रीय समितिको साउन २७ गतेदेखि सुरु भएको पहिलो बैठक बुधबार सम्पन्न हुनेछ ।

यसअघि सोमबार राजनीति विश्लेषक विजयकान्त लाल कर्ण, सञ्चारकर्मी प्रनव खरेल, अभिवक्ता शंकर लिम्बू र अर्थविद् डा. उमाशंकर साहले परराष्ट्र मामिला, सामाजिक लोकतन्त्र, संघीयताको कानुनी पक्ष, संघीयताभित्रको आर्थिक सवाल लगायतमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : ५८ बजे

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

काठमाडौं – आमसञ्चारमाध्यम समावेशी नहुनुका कारण नीतिगतभन्दा पनि नियतबस भएको

भारतसामु बलोचिस्तानका नेताको हारगुहार: पाकिस्तानबाट मुक्त गरिदेऊ

काठमाडौं – बलोचिस्तानका एक जना प्रभावशाली नेताले पाकिस्तानबाट आफ्नो क्षेत्रलाई