नेप्सेमा झिनो अंकको करेक्सन, कारोबार पनि घट्यो « Khabarhub

नेप्सेमा झिनो अंकको करेक्सन, कारोबार पनि घट्यो


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मंगलबार झिनो अंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करेक्सन आएको छ । सोमबार ७०.८१ अंकले बढेको नेप्सेमा आज माइनस ८ दशमलब १८ अंकको सुधार आएको  हो ।

मंगलबार नेप्सेमा कारोबार रकम समेत घटेको छ । मंगलबार नेप्सेमा २१ अर्ब ५१ करोड ५० लाख १० हजार बराबरको कारोबार भयो । जबकी सोमबार अहिलेसम्मकै धेरै २७ अर्ब २४ करोड २९ लाख ३४ हजार बराबरको कारोबार भएको थियो ।

मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा १५७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो भने ८० वटा कम्पनीको शेयर मूल्यमा मात्रै वृद्धि भयो । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेको तथ्यांकले देखाएको छ ।

समूहगत आधारमा हेर्दा मंगलबारको कारोबारमा बैंकिङ सूचक, फाइनान्स सूचक, लगानी सूचक, जीवन बीमा सूचक र व्यापार सूचक सकारात्मक रह्यो भने अन्य सूचकहरू नकारात्मक रहे ।

त्यस्तै मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा मातृभूमि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ३ : २० बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको