कुलमानविरुद्ध भ्रष्टाचारको उजुरी लिएर अख्तियारमा पूर्वडीआईजी खरेल « Khabarhub

कुलमानविरुद्ध भ्रष्टाचारको उजुरी लिएर अख्तियारमा पूर्वडीआईजी खरेल


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय सञ्चारकर्मी र सामाजिक अभियन्ताका रुपमा चिनिएका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

घिसिङले दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रुपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै मंगलबार अख्तियारमा उजुरी दिएका हुन् ।

कुलमानले राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी विद्युत्‍को पीपीए गरेको जिकिर खरेलको छ।

कुलमानले आफ्नो कार्यकालमा ६६ कम्पनीसँग पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गर्दा कानुन मिचेको जिकिर खरेलले गरेका छन् । त्यसक्रममा राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको जिकिर पनि उनले गरेका छन् ।

कुलमानले २०७५ र २०७६ को विभिन्न मितिमा विभिन्न ऊर्जा उत्पादक कम्पनीसँग पीपीए गरेका थिए । उनले ती कम्पनीसँग विद्युत् नियमन आयोगको स्वीकृतिबिना पीपीए गर्दा विद्युत् नियमन आयोगको खातामा जम्मा गर्नुपर्ने रकम गुमाउनुपरेको दाबी गरेका छन् ।

‘विद्युत खरिद सम्झौतामा सहमति दिँदा विद्युत् नियमन आयोगले शुल्क लिनुपर्छ । उक्त रकम पाएपछि मात्रै प्राधिकरणले पीपीए गर्न पाउँछ । तर प्राधिकरणका प्रबन्ध निर्देशकले ऐनलाई नै माथ खुवाउँदै आफूखुसी पीपीए गरेका हुन्’, खरेलले भनेका छन्, ‘आयोग ऐन बनेको एक वर्षपछि पनि प्राधिकरणले स्वीकृतिबिना नै पीपीए गरेर राज्यलाई करोडौँको नोक्सानी गराएको छ । २०७४ मङ्सिर १७ गतेबाट विद्युत् नियमन ऐन लागू भए पनि कुलमानले भने ६२ वटा ऊर्जा उत्पादकसँग २०७५ मा र ४ वटा ऊर्जा उत्पादकसँग २०७६ सालमा पीपीए गराएका थिए । ऐन र नियमावलीको बर्खिलाप हुने गरी प्राधिकरणका हाकिम अगाडि बढे पनि ऊर्जा मन्त्रालय र २०७६ मा स्थापित विद्युत् नियमन आयोगले यस बिषयमा ठोस् पहल गर्न सकेका छैनन् । यस्ता प्रवृत्तिलाई राज्यका निकाय नै मौन बसेर समर्थन गर्दा अनियमितता र भ्रष्टाचारको ग्राफ अझै उकालो लाग्नेमा कुनै सन्देह छैन ।’

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ४ : ४३ बजे

बर्दघाटमा ट्रमा सेन्टरको स्थलगत अनुगमनमा निस्किए विनोद चौधरी

बर्दघाट– नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं प्रतिनिधि

पूर्वराजा झापाबाट फर्किँदै, एयरपोर्ट परिसरमा बढाइयो सुरक्षा व्यवस्था (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ

जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौं– काठमाडौं प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस,

बंगलादेशमा बीएनपी दुईतिहाइतिर, तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का

ढाका, बंगलादेश – सन् २०२४ को जनविद्रोहपछि भएको बंगलादेशको पहिलो