युवालाई प्रधानमन्त्रीको सुझाव- २०-३० वर्षमै बिहे गरेर बच्चा जन्माइजानू | Khabarhub Khabarhub

युवालाई प्रधानमन्त्रीको सुझाव- २०-३० वर्षमै बिहे गरेर बच्चा जन्माइजानू


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दिगो विकास लक्ष प्राप्त गर्नको लागि निरपेक्ष गरिबीको रेखामुनिका जनतालाई मुक्त गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरपेक्ष गरिबीको रेखामुनिबाट जनतालाई माथि उठाउन नसकिए दिगो विकास लक्ष पूरा हुन नसक्ने बताए ।

देशमा अहिले पनि २० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको बताउँदै ओलीले उनीहरूले सामान्य सेवा नपाएका भन्दै चिन्ता व्यक्त गरे ।

वर्षको दुई प्रतिशतका दरले गरिबी न्यूनीकरण गर्न सकिएन भने १० वर्षमा पनि नेपालमा गरिबी निवारण गर्न नसकिने उनले बताए । त्यसैले नेपालमा गरिबी निवारण गम्भीर प्रश्नको रूपमा रहेको उनले बताए ।

भविष्यको सुरक्षाको लागि वातावरणीय सुरक्षा त्यतिकै महत्त्वपूर्ण हुने उनले बताए ।

पृथ्वीलाई बाँच्न सक्ने धर्तीको रूपमा निरन्तरता दिनुपर्नेमा ओलीले जोड दिए । ‘हिमालको महत्त्व वातावरणीय प्रश्नमा असाधारण छ, यो कुरा हामीले दुनियाँलाई बताउनु पर्दछ, कि हिमालबाट, कि समुन्द्रबाट वातावरण निर्माण हुन्छ’, ओलीले भने ।

त्यस्तै खाद्य सुरक्षालाई धान नदिने हो भने गम्भीर अवस्था सिर्जना हुने उनले बताए । नेपाल जस्तो उर्वर देश बाँझो बन्नु निक्कै जोखिमपूर्ण रहेको बताउँदै उनले यस्ता कुरामा ध्यान दिनु पर्नेमा स्पष्ट पारे ।

नेपालका कुनै पनि बालबालिका सडकमा हुनुहुँदैन भनेर आफूले पहिला पनि घोषणा गरेको स्मरण गराउँदै ओलीले एक वर्षभित्र कुनै बालबालिका सडकमा नहुने प्रष्ट पारे । त्यसको जिम्मा सरकारले लिने उनले बताए ।

युवालाई आयआर्जनसँग जोड्न आवश्यक रहेको ओलीले बताए । यसका लागि युवालाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको उनको भनाइ छ । यो कसरी गर्न सकिन्छ भन्ने सरकारले सोचिरहेको ओलीले जानकारी दिए । साना साना उद्योगमा युवालाई जोडेर विकासको लहर ल्याउन सकिने उनले बताए ।

केही युवा रहरले बाहिर गएका भए पनि धेरै युवाहरू देशमा असहज अवस्था भएकै कारण बाहिर गएका ओलीले बताए । त्यसलाई रोक्न नसके देश युवाविहीन बन्ने अवस्था आउने ओलीले बताए ।

देशमा जनसङ्ख्या वृद्धि्दर घट्नु अर्को जोखिमको सङ्केत भएको ओलीले बताए । ‘धेरै ढिलोमा पनि ५० वर्षपछि ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्दै छ’, ओलीले भने ।

उमेर भएका युवा युवती विदेश बस्नाले पनि जनसङ्ख्या घट्दै गएको ओलीले बताए । उनले २०/३० वर्षबीचमा नै विवाह गर्न सुझाए । बिहेनपछि चाँडो बच्चा जन्माउन युवालाई ओलीले सुझाव दिएका छन् । भविष्य बनाउन बहकिएर होइन, यथार्थमा आउन ओलीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ५ : ०९ बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन