हिलाम्मे मैदानमा पारोसँग चर्च ब्वाइज पराजित, प्रारम्भिक चरणमै टुंगियो यात्रा « Khabarhub

हिलाम्मे मैदानमा पारोसँग चर्च ब्वाइज पराजित, प्रारम्भिक चरणमै टुंगियो यात्रा


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी च्यालेन्ज कपमा चर्च ब्वाइज युनाइटेडको यात्रा प्रारम्भिक छनोटमै टुंगिएको छ। त्रिपुरेश्वरस्थित हिलाम्मे दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा भुटानको पारो एफसीले चर्च ब्वाइजालई २-१ गोल स्तब्ध बनाएको हो ।

पारोलाई अघिल्लो चरण पठाउने क्रममा किङ्गा वाङ्चुक र विलियम ओपकुले गोल गरे। पराजित चर्च ब्वाइजका लागि लाकेन लिम्बूले एक गोल गरे ।

यद्यपित खेलको ३९औँ मिनेटमा लाकेन लिम्बूले चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । मोसेस टुमको पासमा लिम्बूले गोललाई जाली चुमाए । तर त्यसको १ मिनेटमै किङ्गा वाङ्चुङले पारोका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफ बराबरी भएको अवस्थामा खेलको ६७ औँ मिनेटमा ओपकुले पारोलाई २-१ को अग्रता दिलाए । यससँगै घरेलु मैदानमा पराजित हुँदै चर्च ब्वाइज प्रारम्भिक छनोटमै आफ्नो यात्रा टुंग्याउन बाध्य भएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ८ : ०७ बजे

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

मुपात्र अर्थात् कहीँ नभएको भक्तपुरको जात्रा

ख्वप (भक्तपुर)- नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा

कान्ति लोकपथपको पहिरो हटाइयो

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा

कास्कीको मार्दी खोलामा पानीको सतहले सतर्कता तह पार गर्‍यो 

काठमाडौं– कास्कीको मार्दीखोलाले पानीको सतर्कता तह पार गरेको छ ।