जेलमा भएका सूर्यदर्शन सहकारीका सञ्चालकसँग सोधपुछ « Khabarhub

जेलमा भएका सूर्यदर्शन सहकारीका सञ्चालकसँग सोधपुछ


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालकहरुसँग सोधपुछ गरेको छ ।

समितिका सभापति सूर्य थापाका अनुसार बुधबार सिंहदरबारमा बसेको बैठकमा समितिले जेलमा रहेका सूर्यदर्शन सहकारी पोखराका पूर्व सञ्चालक भविश्वर अर्याल, सचिव तथा गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेल र पूर्व सञ्चालक शिवकुमार गुरूङ(महेन्द्र भोटे)सँग बयान लिएको छ । उनीहरुलाई कास्की सुधार गृहबाट बैठकमा उपस्थित गराइएको थियो ।

यस्तै अर्यालसँग आज समय अभावका कारण आधा मात्रै सोधपुझ गरिएकाे समितिका एक सदस्यले जानकारी दिए । उनलाई भोलि ८ बजेदेखि पुनः बयान लिने गरी समितिमा बोलाइएको छ।

भोलि बुधबार पोखराकै बाँकी तीन सहकारीका पीडकहरूसँग जेलबाट बैठकमा बोलाइएर सोधपुछ गर्ने कार्यक्रम रहेको समितिले जनाएकाे छ ।

विशेष समितिको कार्यविधि अनुसार विभिन्न सहकारी दुरुपयोगमा संलग्न व्यक्तिहरूको सोधखोज भइरहेको सभापति थापाको भनाइ छ ।

यसअघि समितिले डम्बरबहादुर तामाङ, गोरखा बचत तथा ऋण सहकारी संस्था ललितपुरका पूर्वअध्यक्ष डिबी बम्जन, गोरखा बचत तथा ऋण सहकारी संस्था, ललितपुरका अध्यक्ष इमानसिंह राई, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था पुलचोक ललितपुरका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारी, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था कुलेश्वर काठमाडौंका सचिव रामबहादुर गौतम, पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा लगायतलाई सोधपुछ गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ९ : ५१ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा