आज २०८१ साल साउन ३० गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल साउन ३० गते बुधबारको राशिफल


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन ३० गते बुधबार तदनुसार सन् २०२४ अगष्ट १४ तारिख। साउन शुल्क पक्षको दशमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : राज्यको तर्फबाट त्रास बढ्ने योग छ। खानपानमा समस्या हुँदा स्वास्थ्यमा समस्या हुनेछ। पुरानो रोगबाट मुक्त हुने दिन छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। मन शान्त हुनेछ। आफन्तले असहयोग गरे पनि आफ्नो इमान्दारिता नछोड्नु राम्रो हुन्छ। तपाईंले गरेको मेहनतको फल प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : दैनिकी सामान्य छ। तपाईंको इज्जतमा प्रश्न उठ्ने खतरा देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा एकल निर्णय भन्दा सल्लाह गरेर गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : तपाईंको बोली बिक्ने दिन छ। कमजोर मानिसका लागि बोलिदिनुभयो भने उनीहरुको जीवन बन्नेछ। आम्दानीको क्षेत्रमा फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। पश्चिमको लामो यात्रा नगर्नुु राम्रो हुन्छ।

सिंह : जति आम्दानी भए पनि खर्च बढ्ने दिन छ। लामो समयदेखि सञ्चालन हुन नसकेका पूर्व योजना सञ्चालन हुनेछन्। राजनीतिक संगठनमा राम्रो अवसर प्राप्त हुनेछ। मेहनतको फल प्राप्त हुनेछ। पारिवासँगको सुमधुर सम्बन्धले दिन शान्तसँग बित्नेछ।

कन्या : पुराना साथीसँग भेट हुनेछ। नयाँ अनुभव साटेर खुशी बाँड्ने दिन छ। शरीरमा स्फूर्ति मिल्नेछ। राम्रो आम्दानी हुने योग छ। परिवारसँगै बसेर मिठोमसिनो खाने योग रहेको छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : बौद्धिक क्षेत्रमा विवाद बढ्नेछ। विद्वानसँगको विवादले अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। आम्दानीका स्रोत एकपछि अर्को पत्ता लाग्नेछन्। परिवारमा राम्रो बोलेर नराम्रो व्यवहार गर्नेको संख्या बढ्दै गएको छ।

वृश्चिक : बोलीको मिठासताले व्यवहारमा तपाईं सफल बन्नु हुनेछ। आफ्नो स्वास्थ्यको ख्याल नगर्दा पुरानो रोगको प्रकोप बढ्नेछ। राजनीतिप्रति संगठनको साथ र सहयोग मिल्नेछ। नयाँ अवसर प्राप्त हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : न्यायको क्षेत्रमा तपाईंलाई सफलता मिल्नेछ। लागनीका क्षेत्रमा प्राप्त अवसरको सदुपयोग गर्ने दिन छ। परिवारबाट भन्दा विपक्षी ठानिएका व्यक्तिले महत्त्वपूर्ण साथ दिनेछन्। मिल्ने साथीको मुखबाट अप्रिय शब्द सुन्दा मन उदास हुनेछ।

मकर : दैनिकी राम्रो छ। तपाईंको पक्षमा समाज र दाजुभाइ छन्। आर्थिक क्षेत्रमा साथीको सहयोग मिल्नेछ। धन कमाउने अवसर प्राप्त हुनेछन्। थोरै खर्च गर्दा पनि तपाईंको आम्दानी बढ्नेछ। मन खुशी हुनेछ। परिवारसँगको भेटले दिन रमाइलो बन्नेछ।

कुम्भ : संकटमा परिवारको साथ मिल्नेछ। राशिमा बक्र गतिका शनिदेव आइपुगेका छन्। जन्मकुण्डलीमा शनि प्रतिकुल रहे राज्यको त्रास हुनसक्छ। शनि शुभ ठाउँमा भए उन्नति हुनेछ। जन्मकुण्डली देखाएर मात्र नयाँ कामको सुरुवात गर्नु राम्रो हुनेछ।

मीन : बौद्धिक क्षेत्रमा जोस र जाँगर बढ्नेछ। धार्मिक क्षेत्रमा झुकाव रहनाले मन शान्त हुनेछ। राजनीतिक संगठनले तपाईंको पक्षमा निर्णय गर्दा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। अनुत्पादक क्षेत्रमा खर्च बढ्ने भएकाले सचेत बन्नुपर्ने योग छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ४ : ५७ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध