क्यान्सरपीडित महिलालाई आर्थिक सहयोग | Khabarhub Khabarhub

क्यान्सरपीडित महिलालाई आर्थिक सहयोग


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाँचथर– सामाजिक सञ्जालको उपयोग गरी पाँचथरकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि २७ लाख बढी रकम सङ्कलन भएको छ ।

फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकको माध्यमबाट २७ लाख ११ हजार चार सय २९ रुपैयाँ सङ्कलन भएको हो ।

स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले फेसबुकमार्फत सहयोगको आग्रह गरेका थिए ।

हालै सङ्कलित रकम सजिनालाई हस्तान्तरण गरिएको हो । प्राप्त रकमबाट उनको शल्यक्रिया भएको छ । आफ्नो जीवन रक्षाका खातिर रकम प्रदान गर्ने सबैमा उनले हार्दिक कृतज्ञता ज्ञापन गरेकी छिन् ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ८ : ४३ बजे

‘दुई सयको बचत, दस हजारको सहारा’

इलाम– विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये

ऐतिहासिक पनौती हिलेजात्रा मनाइँदै

काभ्रे– काभ्रेको पनौतीमा हिलेजात्रा (ज्याःपुन्ही) मनाइँदैछ । जात्रा सोमबारदेखि सुरु

लमजुङको पसगाउँका प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोडिँदै

गण्डकी– सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण

बाँकेका भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा  

बाँके– भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई धमाधम जग्गाधनी प्रमाणपुर्जा