विष्णु रिजालको कटाक्ष- गगन र विश्वप्रकाशलाई देउवा फेरि प्रधानमन्त्री हुने पीर छ | Khabarhub Khabarhub

विष्णु रिजालको कटाक्ष- गगन र विश्वप्रकाशलाई देउवा फेरि प्रधानमन्त्री हुने पीर छ


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता विष्णु रिजालले सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्रीद्वयलाई सरकार र दुई दलको समीकरणबारे अनावश्यक चिन्ता नलिन सुझाएका छन् ।

उनले बुधबार एक्स (ट्विटर) मार्फत् कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सरकार र सत्ता समीकरणबारे अनावश्यक चिन्ता नलिन भनेका हुन् ।

महामन्त्रीद्वयले आफ्नो पार्टीमा कुनै काम गर्न नसकेको आरोप लगाउँदै सरकारबारे अनावश्यक चिन्ता लिन थालेको रिजालको भनाइ थियो ।

‘हिजो माओवादीसँग सरकार हुँदा त्यसलाई कसरी बिच्काउने भनेर लाग्नुभएको थियो, आज एमालेसँग सरकार हुँदा पनि सुरुदेखि नै कसरी बिच्काउने भनेर कस्सिनुभएको छ,’ रिजालले भनेका छन्, ‘आफ्नै पार्टीमा भनेको कुनै काम गर्न-गराउन नसक्ने नेताले सरकार र समीकरणबारे अनावश्यक चिन्ता नगरेकै बेस होला ।’

उनले महामन्त्री थापा र शर्मालाई कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइहाल्छन् कि भन्ने चिन्ताले सताएको पनि टिप्पणी गरेका छन् ।

‘खासमा कांग्रेसका महामन्त्री मित्रहरूलाई आफ्नो पार्टीका सभापति देउवा प्रधानमन्त्री भइहाल्छन् कि भन्ने चिन्ताले खुबै सताएको छ,’ रिजालले भनेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : ०८ बजे

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय