प्रधानमन्त्रीले भने- टीआरसी विधेयक प्रतिनिधिसभाबाट आजै पारित हुन्छ « Khabarhub

प्रधानमन्त्रीले भने- टीआरसी विधेयक प्रतिनिधिसभाबाट आजै पारित हुन्छ


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक बुधबार नै प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भएको सन्देश दिन लागिएको बताए ।

‘दोस्रो जनआन्दोलनपछि नयाँ संविधान जारी भइसकेपछिका यी १८ वर्षमा द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया अघि बढाउँदा थुप्रै उपलब्धि हाँसिल गर्‍यौँ’, उनले भने, ‘हामीले ऐन संशोधन पनि अघि बढायौँ । यही प्रक्रियाबाट हामीले गति लिएका छौँ। आजै टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित हुनेछ । केही दिनमा राष्ट्रियसभाले पनि पास गर्ने छ ।

उनले द्वन्द्वपीडितलाई कुनै करकापमा नपर्ने गरी न्यायिक निरुपणको उपायमा देश जाने बताए । ओलीले अब बेपत्ता खोजबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग पनि सहमतिमै बनेर काम अघि बढाउने जानकारी दिए ।

नेपालले संसारलाई सन्देश दिने गरी द्वन्द्व व्यवस्थापन गरेको पनि बताए । नेपालले शान्ति प्रक्रियालाई दिगो रुपमा टिकाउन विश्वले नेपालबाट सिक्नुपर्ने पनि बताए ।

 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : ३१ बजे

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको