प्रधानमन्त्रीले भने- टीआरसी विधेयक प्रतिनिधिसभाबाट आजै पारित हुन्छ « Khabarhub

प्रधानमन्त्रीले भने- टीआरसी विधेयक प्रतिनिधिसभाबाट आजै पारित हुन्छ


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक बुधबार नै प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भएको सन्देश दिन लागिएको बताए ।

‘दोस्रो जनआन्दोलनपछि नयाँ संविधान जारी भइसकेपछिका यी १८ वर्षमा द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया अघि बढाउँदा थुप्रै उपलब्धि हाँसिल गर्‍यौँ’, उनले भने, ‘हामीले ऐन संशोधन पनि अघि बढायौँ । यही प्रक्रियाबाट हामीले गति लिएका छौँ। आजै टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित हुनेछ । केही दिनमा राष्ट्रियसभाले पनि पास गर्ने छ ।

उनले द्वन्द्वपीडितलाई कुनै करकापमा नपर्ने गरी न्यायिक निरुपणको उपायमा देश जाने बताए । ओलीले अब बेपत्ता खोजबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग पनि सहमतिमै बनेर काम अघि बढाउने जानकारी दिए ।

नेपालले संसारलाई सन्देश दिने गरी द्वन्द्व व्यवस्थापन गरेको पनि बताए । नेपालले शान्ति प्रक्रियालाई दिगो रुपमा टिकाउन विश्वले नेपालबाट सिक्नुपर्ने पनि बताए ।

 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : ३१ बजे

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा