टीआरसीबारे रवि लामिछाने- पीडितले न्याय पाउन नसके देशका लागि दुर्भाग्य हुन्छ « Khabarhub

टीआरसीबारे रवि लामिछाने- पीडितले न्याय पाउन नसके देशका लागि दुर्भाग्य हुन्छ


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संक्रमणकालीन न्यायसँगसम्बन्धी बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै लामिछानले राजनीतिक दाउपेचकै कारण संक्रमणकालीन न्यायका कामहरू लामो समय अल्झिएको बताए ।

उनले यसलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका छन् । लामिछानेले न्याय दिने संरचनालाई बलियो बनाउँदै पीडितलाई न्याय दिन सक्नुपर्नेमा जोड दिए ।

राजनीतिक भागबण्डाका आधारमा आयोगमा पदाधिकारी चयन गरे पीडितले न्याय पाउन नसक्ने उनले बताए ।

उनले अन्तर्राष्ट्रिय जगतले प्रश्न गर्न नसक्ने गरि संक्रमणकालीन न्यायसँगसम्बन्धी कामलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।

ठूला दल एक ठाँउ आएर सरकार बनाउने परिस्थिति मुलुकमा आएको स्वीकार गर्न तयार नरहेको जिकिर उनले गरे ।

लोकतन्त्रका मूल्य मान्यतालाई आत्मसाथ गर्दै प्रणालीहरूलाई नभत्काउने प्रतिबद्धता गर्नुपर्नेमा लामिछानेले जोड दिएका छन् ।

लोकतान्त्रिक प्रणालीमा भइरहेको प्रहारका कारण नयाँ दलहरू स्थापित हुने अवस्था आएकोसमेत उनको तर्क थियो ।

टीआरसीलाई रास्वपाले नजिकबाट हेरिरहेको भन्दै प्रणालीका नाममा यसलाई भत्काउने काम भए पीडितहरूका लागि दुर्भाग्य हुने बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ३ : ५५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज