फेसबुकबाट चरित्र हत्या गरिएको भन्दै उपप्रमुख डंगोलले गुहारिन् साइबर ब्यूरो « Khabarhub

फेसबुकबाट चरित्र हत्या गरिएको भन्दै उपप्रमुख डंगोलले गुहारिन् साइबर ब्यूरो


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


35.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडी खोलिएका अनाधिकृत फेसबुक पेज हटाएर त्यसका प्रयोगकर्तालाई कारबाही माग गरेकी छन् ।

उनले नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्र लेख्दै आफ्नो चरित्र हत्या भएको बताएकी हुन् ।

यसअघि त्यस्ता पेज बन्द गर्न आग्रह गरे पनि कार्यान्यवन हुन नसकेको उनले बताएकी छन् । ती पेजमा विभिन्न खाले र विवादित सामाग्री प्रकाशन भइरहेको पनि उनले जनाएकी छन् ।

‘गत जेठ १३ र असार २५ गते केही फेसबुक पेज बन्द गर्न पत्राचार गरिएको थियो । तर अहिले पनि ती फेसबुक पेजहरू प्रयोगमै रहेको पाइयो’, डंगोलको सचिवालयले भनेको छ, ‘एआई प्रविधिबाट फोटो-भिडियो एनिमेशन गरी सामाजिक सञ्जालमा हालेर चरित्रहत्यासम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरियोस् । ती भिडियो, फोटो तथा समाचार हाटाइदिन र त्यस्ता गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन अनुरोध छ।’
उपप्रमुख डंगोलले पनि अनधिकृत पेजहरूमार्फत महिलाको चरित्रहत्या, समाजमा विद्वेष फैलाउने जस्ता गलत गतिविधि भइरहेकाले निगरानी गरी बन्द गराउन आग्रह गरिएको बताइन् ।

उनले स्वयम् आफू पनि त्यस्ता गतिविधिका कारण पीडित भएको बताएकी छन् । अवाञ्छित गतिविधिमा निगरानी गर्न, रोक लगाउन र कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ४ : ५८ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष