एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भाद्र २८ गते « Khabarhub

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भाद्र २८ गते


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भाद्र २८ गते आयोजना हुने भएको छ । 

मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २१ औं संस्करणको स्पोर्ट्स अवार्ड भाद्र २८ गते आयोजना हुने जनाएको हो । वर्ष अवार्डमा १० विधा समावेश गरिएको मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।

वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने मञ्चले नजाएको छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन भने केही दिनमै सार्वजनिक गरिने महासचिव ओलीले बताए ।

स्पोर्ट्स अवार्ड कार्यक्रमलाई पूर्वसन्ध्यांमा एआईपीएस एसिया पनि आयोजना गर्न लागेको मञ्चले जनाएको छ । २५ देखि २८ सम्म हुने कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारहरूको उपस्थिति हुने मञ्चका‌ अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा पल्सर नेपाल र मञ्चबीच अवार्डको‌ मुख्य प्रायोजनको‌ सम्झौता भएको थियो । सम्झौतामा गोच्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छा र मञ्चका‌ अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरेका थिए । 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ६ : २४ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा