सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए प्रदेशसभाको विश्वास | Khabarhub Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए प्रदेशसभाको विश्वास


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाए छन् । बुधबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यहीअनुसार मुख्यमन्त्री शाहले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक थियो । तर मुख्यमन्त्री शाहले ३६ मत पाए ।  बुधबारको प्रदेश सभा बैठकमा ४५ सांसद उपस्थित थिए ।

शाहलाई सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले विश्वास दिए । विश्वासको मतको विपक्षमा ८ र तटस्थमा १ मत झरेको छ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ६ : ५४ बजे

निकोलसलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश

काठमाडौं – सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दीप्रत्यक्षीकरणको

कुलमानसँग छुट्टिएका सुमना, बालेन र सुदन नयाँ दल दर्ता गर्दै

काठमाडौं– ऊर्जा मन्त्री कुलमान घिसिङसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद

मह आयात रोक्न माग गर्दै कृषि मन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाडौं – नेपाली मह उत्पादनको मौसममा बहुराष्ट्रिय कम्पनीलाई मह आयात

हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी

सुदूरपश्चिम – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत

केपी ओली सडकमा आतंक सिर्जनाको तयारी गरिरहेका छन्: रिजाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादी (हाल नेपाली कम्युनिष्ट पार्टीमा समाहित) का