तोडफोडको आशंकामा जर्मन सेनाको अड्डामा तालाबन्दी | Khabarhub Khabarhub

तोडफोडको आशंकामा जर्मन सेनाको अड्डामा तालाबन्दी


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अधिकारीहरूले संदिग्ध तोडफोडको अनुसन्धान गरिरहेकाले जर्मन सैन्य अड्डालाई बुधबार सिल गरिएको रक्षा मन्त्रालयले बताएको छ । पानी आपूर्तिमा छेडछाड भएको हुनसक्ने सञ्चारमाध्यमहरूले बताएका छन् ।

रक्षा मन्त्रालयका प्रवक्ता कर्नल अर्ने कोलाट्जले बर्लिनमा पत्रकारहरूसँग भने, ‘घुसपैठको प्रयास र तोडफोडको आशंकामा कोलोन–वाहन अड्डालाई बन्द गरिएको छ ।’

डेर स्पिगल पत्रिकाले प्रहरी र जर्मन सेनाको काउन्टर–इन्टेलिजेन्स सेवाले स्पष्ट घुसपैठको अनुसन्धान गरिरहेको बताएको छ । पत्रिकाले स्रोतलाई उद्धृत गर्दै बारमा प्वाल फेला परेको बताएको छ । 

बुन्डेसवेहर अड्डामा पानीको आपूर्ति ‘दूषित हुनसक्ने’ चिन्ताका बीच सैनिक र सर्वसाधारणलाई धाराको पानी नपिउन सल्लाह दिइएको पत्रिकाले बताएको छ । 

कोलोन–बोन विमानस्थलनजिकै अवस्थित कोलोन–वाहन अड्डामा जर्मन सशस्त्र बलका धेरै सैन्य र नागरिक सुविधाका साथै चान्सलर ओलाफ सोल्स र उहाँका मन्त्रीहरूले सरकारी भ्रमणका लागि प्रयोग गर्ने विमानहरू छन् । 

स्पिगलका अनुसार करिब चार हजार तीन सय सैनिक र एक हजार दुई सय नागरिक साइटमा काम गर्दछन् । 

यो अड्डा युक्रेनका लागि सैन्य सहायताका लागि महत्त्वपूर्ण केन्द्र पनि हो । स्पिगलले जर्मनीमा प्रशिक्षण प्राप्त गरेपछि युक्रेनी सैनिकहरू त्यहाँबाट पोल्यान्ड हुँदै नियमितरूपमा घर उड्ने बताएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ७ : २४ बजे

गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु  

गाजा– दक्षिणी गाजाको राहत वितरण केन्द्रमा इजरायलले गरेको बन्दुक आक्रमणमा

विश्वकप छनोट : इङ्ग्ल्याण्डको लगातार तेस्रो जित

काठमाडौं– विश्वकप फुटबल अन्तर्गत युरोपेली देशहरूको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार

आज २०८२ साल जेठ २५ गते आइतबारको राशिफल

काठमाडौं– आज २०८२ साल जेठ २५ गते आइतबार । जेठ

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक