आज २०८२ साल जेठ २५ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ २५ गते आइतबारको राशिफल


२५ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०८२ साल जेठ २५ गते आइतबार । जेठ शुक्ल पक्षको द्वादशी तिथि । तदनुसार सन् २०२५ जुन ८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । अनावश्यक यात्रामा खर्च हुनेछ । परिवारसँग सल्लाह गरेर मात्र अगाडि बढ्नुहोला । राजनीतिक क्षेत्रमा तनाव बढ्नेछ । संकटमा परिवारको साथ मिल्ने छ ।

वृष : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुने छ । अरुका कुरा सुन्ने भन्दा पनि विवेक प्रयोग गर्नुपर्ने समय छ । साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने छ । व्यापारमा फाइदा हुने योग छ ।

मिथुन : शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । बौद्धिक व्यक्तिसँग संगत गर्नु उचित हुनेछ । धार्मिक क्षेत्रमा मन नजाने देखिन्छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

कर्कट : राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । व्यापारबाट भने फााइदा हुने योग छ ।

सिंह : दिन सामान्य छ । सहकार्य गरेर व्यापारमा अगाडि बढ्नुपर्ने दिन छ । प्रेममा खटपटी हुने भएकाले परिवारमा कर्तव्य मात्र पूरा गर्दा राम्रो हुने छ । शिक्षामा प्रगति हुने योग छ ।

कन्या : धनलक्ष्मी योग परेको छ । आम्दानी बढ्ने छ । स्वास्थ्यमा सुधार हुने योग छ । शिक्षाको क्षेत्रमा मिहिनेत गरेको फल प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : बोलीमा सरस्वतीको बास छ । तपाईंको बोली आज परोपकारमा खर्च गर्नु उचित हुनेछ । परिवारबाट भन्दा साथीको साथ मिल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।

वृश्चिक : दिन सामान्य राम्रो छ । परिवारको साथ मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्ने छन् ।

धनु : दिन राम्रो छ । लगानीका क्षेत्र सबल छन् । नतिजाको पर्खाइमा परीक्षा राम्रो भएको खबर सुन्न पाइने छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दिन राम्रो छ । विपक्षीसँग सचेत भएर काम गर्नुपर्ने छ । धन र बलको घमण्डले इज्जतमा प्रश्न उठ्नेछ । राजनीतिमा सेवाको अवसर मिल्नेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ ।

कुम्भ : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । सञ्चित धन खर्च भए पनि धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा समस्या हुने खतरा छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मीन : दिन सामान्य छ । सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ । गुरुबाट असहयोग हुने भएकाले सचेत बन्नुपर्ने छ । प्रविधिको क्षेत्रमा लगानी गरेको भए फाइदा हुने छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ५ : ४९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल