ताप्लेजुङमा पहिराले दुई घर बगायोे | Khabarhub Khabarhub

ताप्लेजुङमा पहिराले दुई घर बगायोे


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – गएराति गएको पहिराले फक्ताङ्लुङ गाउँपालिका–६ मा दुई वटा घर बगाएको छ । पहिराले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए ।

पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएको घर पहिराले बगाएको हो । उनकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिराले पुरेको वडाध्यक्ष शेर्पाले बताए ।

होटेल सञ्चालक शेर्पा आज दिउँसो सदरमुकाम गएको र होटलमा रहनुभएकी उनकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ ।

“साँझदेखि नै पानी पर्न सुरू भएको थियो, राति करिब २ बजेपछि पहिराले दुई घर बग्यो, घरमा कोही नभएकाले मानवीय क्षति भने भएन । घुन्सा खोलाको ८१ मिटर लामो पुलसमेत बगाएपछि ओहोरदोहोरमा समस्या छ, यसको विकल्प खोजी रहेका छौँ”, वडाध्यक्ष शेर्पाले भने ।

पुल बगेकाले ओहोरदोहोरमा हुने समस्या समाधानका लागि तत्कालका लागि तुइन व्यवस्थापन गर्ने वा कुनै विकल्प गर्ने भन्ने बारेमा गाउँपालिकासँग समन्वय भइरहेको बताइएको छ । यही पुल भएर कञ्चनजङ्गा आधार शिविर जाने पदमार्ग पुग्ने गरिन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ८ : १३ बजे

कुलमानसँग छुट्टिएका सुमना, बालेन र सुदन नयाँ दल दर्ता गर्दै

काठमाडौं– ऊर्जा मन्त्री कुलमान घिसिङसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद

मह आयात रोक्न माग गर्दै कृषि मन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाडौं – नेपाली मह उत्पादनको मौसममा बहुराष्ट्रिय कम्पनीलाई मह आयात

हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी

सुदूरपश्चिम – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत

केपी ओली सडकमा आतंक सिर्जनाको तयारी गरिरहेका छन्: रिजाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादी (हाल नेपाली कम्युनिष्ट पार्टीमा समाहित) का

राणा शासनविरुद्ध गणेशमान सतिसालझै अभिनुभयोः पूर्वराष्ट्रपति यादव

काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली कांग्रेसका संस्थापक नेता