पेरिस ओलम्पिक : भारतीय खेलाडी फोगाटको अपिल खारेज | Khabarhub Khabarhub

पेरिस ओलम्पिक : भारतीय खेलाडी फोगाटको अपिल खारेज


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय कुस्ती खेलाडी विनेश फोगाटको अपिल खेलकुदको लागि मध्यस्थता अदालत (सीएएस) को तदर्थ डिभिजनले खारेज गरेको छ।

पेरिस ओलम्पिक अन्तर्गत महिला कुस्तीको फाइनल खेलअघि तौल बढी भएपछि उनलाई अयोग्य ठहर गरिएको थियो । त्यसका विरुद्ध फोगाटाले अदालतमा अपिल गरेकी थिइन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार सीएएसले बुधबार फोगाटको अपिल खारेज गर्दै रजत पदकका लागि समेत अयोग्य रहेको बताएको हो ।

यसलाई भारतीय ओलम्पिक संघ (आईओए)ले खेलाडीहरूको मनोवैज्ञानिक र शारीरिक तनाव बुझ्न असफल अमानवीय नियमको रुपमा टिप्पणी गर्दै आलोचना गरेको छ । आईओएका अध्यक्ष पीटी उषाले यो निर्णयबाट अत्यन्तै निराश भएको बताएकी छिन् ।

यसअघि ९ अगस्टमा मध्यस्थता अदालतले यो मुद्दाको सुनुवाइ गरेको थियो । त्यसबेला विनेश पनि भर्चुअल रूपमा उपस्थित थिइन् । त्यस्तै १३ अगस्ट अथार्त मंगलबार पनि यो मुद्धाको सुनवाइ भएको थियो ।

अगस्ट ६ मा विनेश फोगाटले लगातार तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ओलम्पिकमा महिला कुस्तीको ५० केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी थिइन् । यसरी फाइनलमा प्रवेश गर्ने उनी पहिलो भारतीय महिला खेलाडी हुन् । कम्तीमा पनि रजत पदक पक्का गरेकी फोगाटको तौल १०० ग्राम बढी भएपछि अयोग्य घोषित भएकी थिइन् ।

उनले यो पूरै घटनाबारे कुनै प्रतिक्रिया नदिइ अगस्ट ८ मा सामाजिक सञ्जाल वेबसाइट एक्समा पोस्ट गर्दै कुस्तीबाट सन्यास लिने घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ११ : ४० बजे

ट्रम्पको ‘उपहार’ प्रकरण : अमेरिकाको सर्वोच्च कार्यकारी निकायमा भ्रष्टाचारको गन्ध

काठमाडौं– अमेरिकी सरकारको सर्वोच्च कार्यकारी निकायमा भ्रष्टाचार र पदको दुरुपयोग

वैमनस्य बिर्सिँदै कांग्रेस-एमाले, बाजुराको विकासमा सहकार्य गर्न दुवै दलका नेताहरू सहमत

धनगढी– राजनीतिक लडाइँ र झगडाकै कारण चर्चामा रहने बाजुरालाई फरक

निजामती अस्पतालमै छन् ३ सय ७७ जना ज्यालादारी डाक्टर र नर्स

काठमाडौं– स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा रहेका चिकित्सक र नर्स अस्पतालबाटै

भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

नयाँ दिल्ली– भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा