४३ अंकको वृद्धिसँगै ३ हजार पुग्यो नेप्से, कारोबारमा नयाँ रेकर्ड  « Khabarhub

४३ अंकको वृद्धिसँगै ३ हजार पुग्यो नेप्से, कारोबारमा नयाँ रेकर्ड 


३१ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज –नेप्से)ले ३ हजारको विन्दु पार गरेको छ । आज बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से ४३.०५ अंकले बढेसँगै नेप्सेले ३ हजारको विन्दु पार गरेको हो ।

नेप्से १.४५ प्रतिशतले बढेर ३०००.८१ विन्दुमा पुगेको छ । नेप्सेबढेसँगै कारोबारमा पनि नयाँ रेकर्ड राखेको छ । प्रि ओपन सेसनमा २२ अंकले बढेर सुरु भएको शेयर बजार बन्द हुँदासम्म २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएसँगै नयाँ रेकर्ड कायम गरेको हो ।

आज प्रतिशतको आधामा सबैभन्दा बढी वाणिज्य बैंकिङ समूह बढेको छ । वाणिज्य बैंक ५.६५ प्रतिशतले बढेर १६८४.९३ विन्दुमा पुगेको छ । आज १३ वटा समूहमध्ये फाइनान्स, जीवन बीमा, उत्पादन, लघुवित्त र अन्य समूह घटेको छ । आज सबैभन्दा बढी फाइनान्स ३.०५ प्रतिशतले घटेर ३८४८.७१ विन्दुमा पुगेको छ ।

आज शेयर बजारमा उछाल आउँदा ६ करोड ८९ लाख ८० हजार ३४६ लाख कित्ता शेयर किनबेच भएको छ । आज १०५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बिहीबार ३३४ वटा कम्पनीको शेयर ३ लाख ११ हजार ५३६ पटक किनबेच भएको छ । आज ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप ५ वटा कम्पनीको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेपाल फाइनान्सको शेयरमा भने नकारात्मक सर्किट लागेको छ । थाप २ वटा कम्पनीको शेयर मूल्य पनि ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ३ : १९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल