यो वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : पर्यटनमन्त्री पाण्डे « Khabarhub

यो वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : पर्यटनमन्त्री पाण्डे


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले यस वर्ष १६ लाख पर्यटकहरू भित्र्याउने लक्ष्य राखिएको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्रालअन्तर्गतको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस वर्ष यस वर्ष १६ लाख पर्यटकहरू भित्र्याउने लक्ष्य राखिएको बताएका हुन् ।

‘पर्यटन रणनीति योजना (सन् २०१६-२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यस वर्ष १६ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ,’ मन्त्री पाण्डेले भने ।

नेपालको राष्ट्रिय पर्यटन रणनीति गुरुयोजना (२०१६–२५) को आधारमा पर्यटकीय गन्तव्यहरूको विकास, विस्तार तथा पहिचान, पदमार्गहरूको निर्माण, पर्यटकीय उपहजहरूको बारेमा स्वदेश तथा विदेशमा पर्यटन प्रवर्द्धन कार्यक्रमहरू निरन्तर हुँदै आएको उनले बताए ।

पाण्डेले पर्यटन बोर्डबाट १०० पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकीय विभागबाट  पूर्वाधार निर्माणको कार्य भइरहेको पनि बताए । उनले खप्तड विकास क्षेत्र कोष स्थापना सम्बन्धमा छलफल भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ४ : १२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा