दशरथ रंगशालाको मैदान खराब भएपछि एन्फा र राखेप छलफलमा  « Khabarhub

दशरथ रंगशालाको मैदान खराब भएपछि एन्फा र राखेप छलफलमा 


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशरथ रंगशालाको अवस्था दयनीय भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) छलफलमा जुटेका छन् ।

गत मंगलबार भुटानको पारो एफसीले  र नेपालको चर्च ब्वाइज युनाइटेड क्लब एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल खेल्ने क्रममा मैदान हिलाम्मे भएपछि अहिले सामाजिक सञ्जाल र मिडियामा कडा आलोचना भइरहेको छ ।

मैदानको पूर्वाधार राम्रो नभएको भन्दै यसअघि एएफसीले अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्ने बताए पनि अहिले अन्तर्राष्ट्रिय मान्यता दिएको छ तर मैदान भने खेल्न लायक देखिएको छैन ।

यसैबीच बिहीबार राखेप सदस्य–सचिव टंकलाल घिसिङ र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका विषयमा छलफल भएको छ ।

अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार मैदान स्तरोन्नतिका लागि लाग्ने समय, वजेटलगायतका विषयमा दुई पक्षबीच त्रिपुरेश्वरस्थित राखेपमा छलफल भएको राखेपले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ६ : २८ बजे

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि