जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शैय्या बनाउने प्रक्रिया शुरु  « Khabarhub

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शैय्या बनाउने प्रक्रिया शुरु 


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शैय्याको बनाउने प्रक्रिया अघि बढेको छ ।

सहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त अस्पतालमा श्वासप्रश्वाससम्बन्धी उपचार सेवाका लागि तीन सय शय्याको डीपीआर अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेका छन् ।

डीपीआरमा साढे ५ अर्ब लागतमा निर्माण सम्पन्न हुने उल्लेख छ । मन्त्री पौडेलले डीपीआरअनुसारको निर्माण अघि बढाउन भारतीय दूतावाससमक्ष अनुरोध गरेका छन् ।

दूतावासका तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । पौडेलले गत साउन २७ मा उक्त अस्पतालमा तीन सय शैय्या थप गर्नेसम्बन्धी घोषणा गरेका थिए ।

पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको श्वासप्रश्वाससम्बन्धी देशकै एक मात्र विशिष्टिकृत अस्पतालमा हाल ५० जनरल वार्ड मात्र छन् । जसका कारण श्वासप्रश्वासका बिरामीको उपचार हुन सकेको छैन ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १ : १४ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी