केही स्थानमा भारी वर्षाको सम्भावना | Khabarhub Khabarhub

केही स्थानमा भारी वर्षाको सम्भावना


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मध्य र पूर्वीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो । “बाँकी स्थानमा सामान्यतया हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ”, मौसमविद् पौडेलले भने ।

मनसुनी प्रणालीसँगै स्थानीय वायु पनि सक्रिय हुँदा मेघगर्जन, हावाहुरी र चट्याङ वर्षा भइरहेको मौसमविद्को भनाइ रहेको छ । हाल देशका मध्य र पूर्वीका अधिकांश भू–भागमा र पश्चिमका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशका पूर्वी भू–भागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागका केही स्थानका र पश्चिका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

शनिबार देशभरि सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

आइतबार देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली र मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली भई पश्चिमका केही स्थानमा र पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसमपूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले मेघगर्जन÷चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै देशका एक–दुई स्थानमा भारी वर्षको सम्भावना रहेकाले जसले गर्दा चुरेबाट बहने खोलाको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भन्दै महाशाखाले सचेत रहन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १२ : २२ बजे

हिमालयन इन्भेष्टमेन्ट बैंकरको साधारणसभा भदौ ३१ गते 

काठमाडौं– हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले साधारणसभा डाकेको छ । बैंकरको

भान्सद्वारा युक्रेन युद्धमा रुसमाथि दबाब दिन भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ

वाशिङ्टन- अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आइतबार भारतमाथि लगाइएका माध्यमिक प्रतिबन्ध

कांग्रेसका शीर्ष नेताको बैठक स्थगित, दिउँसो पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सोमबार बिहानका

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा 

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले

राज्य व्यवस्था समिति सभापतिको चुनाव भदौ ११ गते

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि