वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने सुर्खेत चिङगाड गाउँपालिका-५ घर भएका ३२ वर्षीय सुरेश राना र काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-२ घर भएका ३३ वर्षीय राजेश विष्ट रहेका छन् ।

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा इटाली, रोमानिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भनी पीडितहरूबाट रकम लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई ललितपुरबाट र राजेशलाई काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।

सुरेशले ८ जना पीडितहरूबाट १५ लाख ९३ हजार ५ सय रुपैयाँ र राजेशले १ जना पीडितबाट १ लाख ८० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १ : ५० बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको