दूधकोशीमा बाढी : प्रहरी भन्छ, मानवीय क्षतिको विवरण आएको छैन « Khabarhub

दूधकोशीमा बाढी : प्रहरी भन्छ, मानवीय क्षतिको विवरण आएको छैन


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो आएको भीषण बाढीले दुईवटा होटल र एउटा होस्टेल बगाएको प्रहरीले जनाएको छ ।

बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामे गाउँमा पसेको हो । त्यहाँका दुईवटा होटल र एउटा होस्टेल बगाएको प्रहरीको प्रारम्भिक जानकारी आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका  प्रवक्ता एव वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए ।

‘बाढीका कारण मानवीय क्षति भएको जानकारी अहिलेसम्म पाएका छैनौँ’, वरिष्ठ प्रहरी उपरीक्षक दाहालले भने, ‘प्रहरी टोली घटनास्थल जाँदैछ, तीन चार घण्टा घटनास्थल पुग्न लाग्छ।

दाहालका अनुसार हिमपहिरो गएको भन्ने जानकारी आएको बताए । सोलुखुम्बु सदरमुकामबाट थामे गाउँ पुग्न ४ दिन लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : ४२ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी