चितवनमा १० हजार बढी चौपायालाई लम्पी स्किनविरुद्ध खोप « Khabarhub

चितवनमा १० हजार बढी चौपायालाई लम्पी स्किनविरुद्ध खोप


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लाका छ पालिकामा १० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । कालिका नगरपालिकाबाहेक अन्य पालिकामा १० हजारदुई सय ७९ चौपायालाई खोप लगाइएको हो ।

पशु सेवा कार्यालय र स्थानीय पालिकाहरूको सहकार्यमा लम्पी स्किनविरुद्ध खोप लगाइएको हो । सेवा कार्यालयका अधिकृत भीम भट्टले भरतपुर महानगरपालिकाका दुई हजार आठ सय गाईभैँसीमा लम्पी स्किनविरुद्ध खोप लगाइएको बताए ।

उनका नुसार खैरहनी नगरपालिकामा दुई हजार, राप्ती नगरपालिकामा एक हजार नौ सय ३६, रत्ननगर नगरपालिकामा एक हजार पाँच सयवटा गाईभैँसीमा खोप लगाइएको छ ।

साउन २५ देखि ३१ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको खोप अभियानमा माडी नगरपालिकाका एक हजार दुई सय ७६, इच्छाकामना गाउँपालिकाका सात सय ६७ गाईभैँसीमा खोप लगाइएको छ ।

खोप लगाइएकामध्ये गाई र साँढे सात हजार तीन सय २४, बाच्छा र बाच्छी एक हजार सात सय ३४, भैँसी र राँगा सात सय ७७ र पाडापाडी चार सय ४४ वटा रहेका छन् । बागमती प्रदेशभरि यो अभियान सञ्चालन गरिएको हो ।

यहाँस्थित कालिका नगरपालिकामा भने वैशाखमा खोप अभियान सञ्चालन भइसकेको छ । अधिकृत भट्टले भने, “कालिका नगरपालिकाले आफ्नै खर्च र कार्यालयको सहयोगमा खोप लगाइसकेको छ ।”

गर्मी समयमा लामखुट्टे, झिँगाको टोकाइलगायत कारणले यो रोगको प्रकोप देखिने गर्दछ । गाईभैँसीमा रोग लागेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको कडा गोलो गिर्खा देखिने, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्नेलगायत समस्या देखिने गर्छन् ।

सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट रोग अन्यमा सर्ने गरेकाले खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने पशु चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १० : ४० बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी