पशुपतिको कोटिहोमको अन्तिम दिन तनाव | Khabarhub Khabarhub

पशुपतिको कोटिहोमको अन्तिम दिन तनाव


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक महिनादेखि पशुपतिनाथ परिसरमा ‘कोटिहोम’ का नाममा सञ्चालित धार्मिक कार्यक्रमको समापनमा तनाव भएको छ।

साउन ३२ गते कार्यक्रम समापन हुँदै गर्दा सोधपुछका लागि पुगेका सादा पोशाकका प्रहरी र आयोजक पक्षबिच झडप भएको हो। कोटिहोम विवादित भएका खबर सार्वजनिक भएपछि सोधपुछका लागि पुगेका प्रहरीमाथि आयोजक विजय भण्डारीका समर्थकले आक्रमण सुरु गरेपछि पशुपति क्षेत्रमा तनाव भएको हो।

कार्यक्रम आयोजक भण्डारीसँग सोधपुछ गर्न सादा पोशाकका प्रहरी घटनास्थलमा पुगेका थिए। तर, त्यहाँ उपस्थित केही व्यक्तिले प्रहरीमाथि हातपात गरेका हुन्।
कोटिहोममा विवाद मच्चाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सोधपुछ गरे लगत्तै आयोजक विजय भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई आन्दोलनमा उत्रन आह्वान गरेका छन्। उनले फेसबुक लाइभमार्फत प्रहरीले बिना पक्राउ पुर्जी आफूलाई गिरफ्तार गर्न खोजेको आरोपसमेत लगाएका छन्।

एक महिनादेखि सञ्चालन भएको कोटीहोम साउन ३२ गते समापन भएको हो।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ६ : ४६ बजे

मेची भन्सारबाट दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को १०

चर्चित अमेरिकी कलाकार जर्ज वेन्ड्टसको मृत्यु

काठमाडौं – चर्चित अमेरिकी कलाकार जर्ज वेन्ड्टको ७६ वर्षको उमेरमा

टेस्ट टोलीमाथि एसोसिएटको सनसनीपूर्ण जित : कुन देश कसरी उदाए ?

संयुक्त अरब इमिरेट्स (यूएई)ले बङ्गलादेशलाई टी-२० मा हराएर सनसनी मच्चाएको

बजेटमा जनतालाई करको भार नपार्न आग्रह 

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आगामी बजेट निर्माणमा

खैरो सूचीभित्र गभर्नर पौडेलका बग्रेल्ती चुनौती

काठमाडौं– लामो रस्साकस्सीपछि मंगलबार सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थशास्त्री