‘रामायण’मा राम बन्लान् ऋतिक? के भन्छन् निर्देशक? « Khabarhub

‘रामायण’मा राम बन्लान् ऋतिक? के भन्छन् निर्देशक?


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पौराणिक ग्रन्थ ‘रामायण’ मा आधारित रहेर बलिउडमा फिल्म बन्ने भएको छ । यो फिल्मलाई नितेश तिवारीले निर्देशन गर्दैछन् ।

भारतीय मिडियाका अनुसार ‘रामायण’ थ्रीडीमा पनि शूट हुनेछ । यो फिल्मको घोषणापछि नयाँ कलाकार को को होलान् भन्नेमा धेरैको चासो छ । पछिल्लो समय आएको खबरका अनुसार फिल्ममा राम र सीताको भूमिकाका लागि ऋतिक रोशन र दीपिका पादुकोणले अभिनय गर्नेछन् ।

तर फिल्मका निर्देशक नितेशले भने अझै कलाकार कसलाई लिने निर्णय नभएको बताएका छन् । उनले फिल्मको ड्राफ्टमै काम भइरहेको खुलाए । एक अन्तर्वार्ताका क्रममा निर्देशक नितेशले भने, ‘अहिले त हामी ड्राफ्टमै काम गरिरहेका छौँ, यो पूरा नहुञ्जेलसम्म कसैसँग कुरा गर्दैनौँ ।’

भारतीय मिडियाका अनुसार यो फिल्म बलिउडको सबैभन्दा महंगो फिल्ममध्ये एक हुनेछ । फिल्ममा नितेशका साथ रवि उडयावरले पनि निर्देशन गर्नेछन् ।

नितेशले पनि यो फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताएका छन् । ४ भाषामा रिलिज हुने यो फिल्म झण्डै ५ सय करोड लगानीमा निर्माण हुने बताइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै